जेकेएनएसकेआईमा नेपालबाट नौजना सहभागी

काठमाडौं । दसौं सागका स्वर्ण विजेता कुशल श्रेष्ठको प्रशिक्षणमा नेपालका नौ कराते खेलाडीले भारतमा हुने दोस्रो जेकेएनएसकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् ।  पुणेमा नोभेम्बर ३० देखि डिसेम्बर २ तारिखसम्म हुने च्याम्पियनसिपमा अनील रोका, राई, करण चौधरी, नवीन थापामगर, रिकेश भण्डारी दर्जी, कञ्चन नेपाली, महिमा राई, सोनु गुरुङ, सिमोन्शा श्रेष्ठ र इरफान वोस्तले प्रतिस्पर्धा गर्नेछन् ।

यी सबै खेलाडी सामुदायिक विद्यालय भीमसेनगोलमा अध्ययनरत छन् । च्याम्पियनसिपमा सहभागी हुन खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बुधबार पुणे जाँदै छन् । टोलीलाई नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, देउराली क्लबका अध्यक्ष अर्जुन राणा, उपाध्यक्ष लीलेश्वर प्रधान र भीमसेनगोला माविका प्रिन्सिपल गणेशकुमार राईले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीलाई देउराली क्लबले ट्रयाकसुट प्रायोजन गरेको थियो । टोलीको व्यवस्थापकमा राजेश जोशी, निर्णायकमा तारा गुरुङ र अफिसियलमा तुलसीकुमार महर्जन रहेका छन् ।

प्रतिक्रिया