आठौँ राष्ट्रिय खेलकुद : शुक्रबारदेखि जिल्ला छनोट

काठमाडौं । आगामी माघमा प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट शुक्रबारदेखि सुरु हुने भएको छ । जिल्ला छनोट ७७ जिल्लामा मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जनाएका छन् ।

आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल मध्ये २० खेलको जिल्ला छनोट हुनेछ । २० खेलमा बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला छनोट हुने छैन । यी ५ खेलको सीधै प्रदेश छनोट सञ्चालन गरिनेछ ।

जिल्ला छनोटमा ३१ हजार ८ सय ४५ खेलाडीले सहभागिताका नाम दर्ता गरएका छन् । जिल्ला छनोटका लागि २ करोड ७८ लाख ४० हजार रूपैयाँ बजेट पठाइसकेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया