गोकुलेश्वर विमानस्थल सञ्चालनको तयारी

काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका– ४ मा रहेको गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि पहल सुरु भएको छ । स्थानीय तहले समेत चासो देखाइरहेको विमास्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राविधिकरणले पनि सकारात्मक चासो व्यक्त गरेको छ ।

२०३८ सालवाट काम सुरु भई २०४२ साल पुस २७ गते सञ्चालनमा आएको उक्त विमानस्थल २०४९ सालदेखीभने पुर्ण रूपमा वन्द भएको थियो । अहिले वन्द अवस्थामा रहदा गौचर र खेल मैदानमाको रूपमा परिणत भएको छ । विमान कम्पनीसग स्थानीयस्तरमा यात्रु पाउने वा नपाए के गर्ने भनेर सहमति गरे आफुहरू प्राविधिक रूपमा सहयोग गर्न तयार रहेको बताएको छ ।

प्राधिकरणका उप महानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठले आवश्यक जनशक्ति र एटिसी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । यद्यपी उनले यसविषयमा विमान कम्पनीसग नै स्थानीय तहले वाग्लुङ, दाङ र भोजपुरको विमानस्थल जस्तै सम्झौता गर्नुपर्ने बताए ।

ती विमानस्थलमा जाने विमानलाई न्युनतम सिट सख्या तोकिएको छ, जसमा यात्रु नभए स्थानीय तहले सो सिट बराबरको रकम दिने गरेको छ । विमान स्थलसँगै जोडिएको दार्चुला र वैतडिको सिमाना जोड्ने मोटर रेव पुल र ठुलठुला घर निर्माणका कारणले विमान अवतरणमा समस्या आएको विभिन्न अध्यनहरूले देखाएको भन्दै यसको समाधान पनि स्थानिय तहवाटै हुनु पर्ने उप महानिर्देशक श्रेष्ठले वताए ।

प्राधिकरणवाट विमानस्थल संचालनका लागि लिखित रूपमा कुनै निर्णय आए आफुहरू त्यस्ता संरचना हटाउन तयार रहेको शैल्यशिखर नगरपालीकाका प्रमुख अमरसिह धामीले बताए । उनले विमान कम्पनीहरूसँग पनि साताको १ दिन या ३ दिनको अन्तरालमा यात्रुका विषयमा सम्झौता गर्न समेत तयार रहेको बताए ।

दार्चुला, बैतडी र वझाङ वासीको केन्द्रमा रहेको उक्त विमान स्थल वन्द हुँदा तिनै जिल्लाका मानिसहरूलाई आवत जावत, यातायात, पर्यटन पूर्वाधारलगायत विकास निर्माणका कार्यहरूमा समस्या भएको छ । यो विमान स्थल सञ्चालनमा आए वझाङको शैपाल दार्चुलको अपी र नाम्पा हिमाल, राष्ट्रकै साँतौ धाम शैल्यशिखर मालिकार्जुन, उकु दरवार, लगायतका क्षेत्रहरूमा अवलोकन गर्ने पर्यटकहरूको पनि लाम लाग्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया