नेपाल चेम्बर एक्स्पो २०१८’ हुने

काठमाडौं । नेपाल चेम्बर अफ कर्मसको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०१८’ हुने भएको छ ।

देशको समग्र बिकास, निजी क्षेत्रकोे सशक्तिकरणबाट मात्र सम्भव हुने मूलमन्त्र लिइ नेपाल चेम्बर अफ कमर्शद्वारा उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा मंसिर १३ देखि १७ गतेसम्म भृकुटीमण्डपमा उक्त मेला हुने भएको छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने आयोजकले बताएका छन । सांथै, मेलाले निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने बताइएको छ ।

पछिल्ला तीन संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्शले मेलाको चौथो संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ । यसवर्ष एक्स्पोको पार्टनर कन्ट्रीमा म्यानमार रहेको छ । यसै गरी म्यानमारको म्यानमार उद्योग वाणिज्य महासंघको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन ।

एक्स्पोमा अटोमोवाईल्स, ईलेक्ट्रोनिक्सका सामानहरु, फर्निसिङ, मावाईल एसोसरिज लगायतका नेपाली मौलिक बस्तुहरु विदेशी उत्पादनहरु राखिने छन । मेलामा १९० स्टलहरू रहने छन ्। नेपाल लगायत म्यानमार, चिन, पाकिस्तान, बङ्गलादेश, कोरिया, भारत, जापान तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् ।

प्रतिक्रिया