गायिका गुरुङलाई प्रथम मौलिक अवार्ड

बाबुराम सिग्देल, काठमाडौँ । लोकदोहोरी गायिका भिमु गुरुङले प्रथम मौलिक अवार्ड हात पारेकी छन् । तीन गते मङ्सिर काठमाडौँमा सम्पन्न सगरमाथा म्युजिक अवार्ड कार्यक्रममा ‘बटौली शहर’ बोलको सालैजो गीतबाट गायिका गुरुङले अवार्ड हात पारेकी हुन् ।

गाउँ घरमा गाइने सबै सेरोफेरो, बातावरणलाइ समेट्दै मौलिक संस्कृति झल्किने गीतको शब्दमा समेटिएको गुरुङले बताईन् । स्याङ्जामा जन्मिएकी उनलाई सानैदेखि गायनमा रुचि भएको बताईन् । गाउँमा हुँदादेखि  नै विभिन्न मेला महोत्सवको दोहोरी प्रतियोगितामा गीत गाएर गुरुङ प्रथम हुँदै आएको बताईन् ।

परिवारमा सबैलाई गीत संगीत मन पर्ने, आमा, दाजुले पनि  गीत गाउने भएर अझै यस क्षेत्रमा लाग्न उनलाई सहज भएको बताईन् । छ बर्ष अगाडीबाट उनले औपचारिक रुपमा गायनलाई अगाडी बढाएको बताईन् । ‘टिपौ कि फुल ट्याप्पै’ बोलको गीतबाट गायन सुरु गरेको गायिका गुरुङले बताईन् । ९ वटा गीत आफ्नै लगानीमा बजारमा ल्याएको गायिका गुरुङले बताईन्  ।

८० वटा अर्काको एल्बममा आवाज दिएको उनको भनाई छ । विभिन्न हुने म्युजिक अवार्डमा नोमिनेसन परेपनि यस सगरमाथा म्युजिकबाट पहिलो अवार्ड हात परेको उनले बताईन् । ‘अमिलो रसैले’ बोलको दोहिरी गीतले उनलाई राम्रो गायिकाको रुपमा स्थापित गराएर दर्शक श्रोतामाँझ चिनाउन सफल भएको बताईन् ।

प्रतिक्रिया