अर्थबजार

अल न्यु टिगोरको बुकिंग खुल्यो

सौर्य अनलाइन २०७५ मंसिर ११ गते ८:५६ मा प्रकाशित

काठमाडौं । टाटाको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग सेन्टरले टिगोर फेसलिफ्टको बुकिङ ओपन गरेको छ । यसको नेपाली बजारमा सुरुआती मूल्य २४ लाख ९५ हजार रूपैयाँ रहेको छ । यसको क्याबिनमा नयाँ लेदरको अपहोल्सटरमा फ्रेब्रिक इन्सर्ट डोर टिममा प्रयोग गरिएको छ ।

यसको एयरभेन्ट र इम्फोटेन्मेन्ट सिस्टरको वरिपरि क्रोमको प्रयोग गरेको छ । अहिलेको मोडलमा भित्रपट्टि कालो र ग्रे कलरको स्किम प्रयोग गरेको छ । यसको टप भेरियन्टमा हर्मनको ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ, जसमा एन्ड्रोइड अटो तथा भिडियो प्लेब्याकको सुविधा रहेको छ ।

टिगोर फेसलिफ्टमा गाईड–वेसहितको रिभर्स पार्किड क्यामरा रहेको छ । यसको टप भेरियन्टमा हर्मनको ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ, जसमा एन्ड्रोइड अटो तथा भिडियो प्लेब्याकको सुविधा रहेको छ । टिगोर फेसलिफ्टमा गाईड–वेसहितको रिभर्स पार्किड क्यामरा रहेको छ ।

टिगोर फेसलिफ्टमा पुरानै १.२ लिटरको रेभल्टन पेट्रोल तथा १ दशमलव ५ लिटरको रेभोटर्क डिजल इन्जिन रहेको छ । पेट्रोल इन्जिनले ८४ बिएचपी पावर तथा १ सय १४ एनएम टर्क उत्पादन गर्छ भने डिजेल भर्सनले ६९ बिएचपी पावर तथा १ सय ४० एनएम टर्क उत्पादन गर्छ । टिगोर पेट्रोल भर्सन अटोमेटिक ट्रासमिसनमा पनि उपलब्ध रहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय