एनआइसी एसियाले थप्यो २ नयाँ शाखा

काठमाडौं । एनआइसी एसिया बैंकको २ नयाँ शाखा कार्यालयहरू सिन्धुपाल्चोकको खाडिचौर र पँचखालमा सुरु भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ स्थित खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीबाट तथा पाँचखाल ४, समाजकल्याण चोकस्थित पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलबाट सोमबार एक समारोहकाबीच उद्घाटन भएका हुन् ।

उक्त बैंकको मुलुकभर २ सय ६६ शाखा कार्यालयहरू, २ सय ७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा दिइरहेको छ । बैंकको वासलातको आकार २ सय १० अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब तथा कर्जा १ सय ४३ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

प्रतिक्रिया