रंग‍-विविध

अष्टावक्र गीता नेपालीमा

सौर्य अनलाइन २०७५ मंसिर ११ गते ८:३३ मा प्रकाशित

काठमाडौं । संस्कृत र नेपाली साहित्यका अध्येता प्राध्यापक शिवगोपाल रिसालद्वारा लिखित ‘अष्टावक्र गीता’ बजारमा आएको छ । प्रा. रिसालले विशेष विवरणसहित नेपाली भाषामा अनुवाद र व्याख्या गरिएको उक्त कृतिको महेश सन्न्यास आश्रम, देवघाटका स्वामी मधुसूदनानन्द गिरीले सो पुस्तक विमोचन गरे ।

संस्कृत भाषामा रहेको राजा जनक र ब्रह्मर्षि अष्टावक्रको संवादलाई प्रा रिसालले नेपाली भाषामा अनुवाद गरी त्यसमाथि विशेष टिप्पणीसहितको व्याख्या गरेका थिए । उक्त पुस्तक महेश सन्न्यास आश्रम, देवघाटले प्रकाशन गरेको हो ।

अष्टावक्रले राजा जनकको राजसभामा आफ्नो अनुपम विद्वता प्रदर्शन गरेर सभामा उपस्थित सबै विद्वानलाई चकित पारेका थिए । अष्टावक्र गीता अरू गीताजस्तो साधनाको क्षेत्रमा भन्दा पनि चिन्तनको दृष्टिले गहकिलो मानिन्छ । मानिसले ज्ञान, सिद्धि र मोक्ष कसरी प्राप्त गर्न सक्छ भन्ने बारेमा ब्रह्मर्षि अष्टावक्रले सजिलोसँग बाटो देखाउने प्रयत्न गरेको विद्वतापूर्ण बहसलाई यस पुस्तकमा समेटिएको छ ।

स्वामी मधुसूदनानन्दले पुस्तक नेपालीमा अनुवाद गरेर प्राध्यापक रिसालले वैदिक सनातन धर्म तथा संस्कृत वाङ्मयको संरक्षण र संवद्र्धनमा ठूलो गुन लगाएको बताए । प्राध्यापक रिसालले आफूले नेपालीभाषीलाई पाठ पढाउन नभई ज्ञानी बनाउने उद्देश्यका साथ अष्टावक्र गीतालाई नेपाली भाषामा अनुवाद गरी त्यस कृतिको महत्वको विशेष विवरण र व्याख्यासमेत गरेको बताए ।

यत्रो ठूलो र महत्वको ग्रन्थ नेपाली भाषामा अनुवाद उपलब्ध नभएकाले निकै लामो समयको साधनासहित पुस्तक तयार पारिएको प्राध्यापक रिसालले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय