एनआईसी एशियाले थप्यो २ नयाँ शाखा

काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु सिन्धुपाल्चोकको खाडिचौर र पँचखालमा शुरु भएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ स्थित खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीबाट तथा पाँचखाल ४, समाजकल्याण चोक स्थित पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलबाट सोमबार एक समारोहकाबीच उद्घाटन भएका हुन् ।

उक्त बैंकको मुलुकभर २ सय ६६ शाखा कार्यालयहरु, २ सय ७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिइरहेको छ । बैंकको वासलातको आकार २ सय १० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब तथा कर्जा १ सय ४३ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

प्रतिक्रिया