शेयर बजार छ अङ्कले घट्यो

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ३५ बिन्दुले घटेर एक हजार १६० दशमलव २८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ३ बिन्दुले घटेर २४६ दशमलव ७२ बिन्दुमा झरेको छ ।

घटेको बजारमा आज कारोवार रकममा समेत सामान्य सुधार भएको छ । कूल १५५ कम्पनीको नौ लाख ९१ हजार ७३० कित्ता शेयर रु ३० करोड ८४ लाख ९५ हजार ८४ कित्ता मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार आज कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । वित्त शून्य दशमलव ८१ र अन्य २ दशमलव २७ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ४ दशमलव ८३, होटल १३ दशमलव ३०, विकास बैंक ५ दशमलव ७६, जलविद्युत् ५ दशमलव ४२, निर्जीवन बीमा ८९ दशमलव ३, उत्पादन ३ दशमलव ७६, माइक्रोफाइनान्स १५ दशमलव १६ र जीवन बीमा ६७ दशमलव ०५ बिन्दुले घटेको छ ।

घटेको बजारमा नेपाल हाइड्रो डेभलपर्स, प्रोगे्रसिभ फाइनान्स र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने नेपाल सेवा लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया