निर्देशक गुरुङलाई ‘सगरमाथा मौलीक अवार्ड’

काठमाडौं । निर्देशक दिप गुरुङले सगरमाथा मौलिक अवार्ड हात पारेका छन् । हालै सम्पन्न प्रथम सगरमाथा म्युजिक अवार्ड समारोहमा निर्देशक गुरुङले उक्त अवार्ड चुमेका हुन् । गुरुङलाई ‘सिरानचोकको सेरोफेरो’ बोलको गीतबाट अवार्ड प्रदान गरिएको हो ।

गीतमा गोरखाको सेरोफेरोलाई वर्णन गरिएको छ । सोही गीतमा गायक तथा सर्जक गणेश गुरुङको शब्द, संगीत रहेको छ । पछिल्लो समय गुरुङले लोकप्रिय एवं मौलीक गीतहरुमा निर्देशन गरेका छन् ।

गोरखाको सिरानचोकको डाँडामा बुवा मनकाजी गुरुङ र आमा मनिता गुरुङको कोखबाट जन्मीएका हुन् । गाउँको स्कुलबाट एसएलसी पास गरेपछि उच्चशिक्षाका लागि गुरुङ काठमाडौं प्रवेश गरेका थिए । उनले गीतसंगीत क्षेत्रलाई आफ्नो व्यवसायी हिसाबमा संचालन गरिरहेका छन् । उनलाई आफ्नी श्रीमती हेमा गुरुङले पनि यस क्षेत्रम साथ दिएकी छन् ।

राजधानीको जमलस्थित रहेको राष्ट्रिय नाचघरमा आयोजीत ‘प्रथम सगरमाथा म्युजिक अवार्ड समारोहमा निर्देशक गुरुङ र गायिका भिमु गुरुङलाई मौलीक अवार्ड प्रदान गरिएको थियो । सोही कार्यक्रममा कौडा गीतको श्रीवृद्धिमा पुर्याएकोमा योगदानको उच्च मुल्याकंन गर्दै गायक गणेश गुरुङलाई सगरमाथा संगीत रत्न सम्मानबाट सम्मान गरिएको थियो ।

गायक गुरुङ नेपाली मौलीक गीतमा शब्द लेखन, संगीत सिर्जना तथा गायनमा पोख्त रहँदै आएका छन् । निर्देशक दिप , गायिका भिमु गुरुङ र गणेशको साथमा रंग पत्रकारीतामा कलम चलाईरहेका सात जना पत्रकारहरु पनि सम्मान गरिएको थियो । पत्रकार गिता अधिकारीलाई पनि महिला सशक्तिकरण पत्रकारिताबाट सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरु सबै वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिब रमेश बिष्ट र आयोजक समितिका अध्यक्ष मनोज थापाको हातबाट गरिएको थियो । कार्यक्रममा विभिन्न ४४ विधामा श्रष्ठा तथा सिर्जनालाई अवार्ड प्रदान गरिएको छ ।

प्रतिक्रिया