खोजखबर

घरमा आगलागी हुँदा एकै परिवारका चारको मृत्यु

सौर्य अनलाइन २०७५ मंसिर १० गते ८:२६ मा प्रकाशित

झापा । झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसतासी नगरपालिका–७ लाल्झोडाका लक्ष्मण खनालको घरमा आईतवार राति सवा १० बजेतिर अचानक आगलागी भएको हो ।

राति घरका सम्पूर्ण सदस्य सुतिरहेको समयमा स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनालको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र तीन महिनाका नाबालक टीकाराम खनाल रहेका छन् ।

के कारणले आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय