यसरी गुञ्जियो अर्जुन सुनामका गीत राष्ट्रिय नाचघरमा

बाबुराम सिग्देल, काठमाडौँ । अर्जुन सुनाम समधुर साँझ सम्पन्न भएको छ । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा मङ्सिर आठ गते सम्पन्न कार्यक्रममा बन तथा बातावरण मन्त्री शक्ति बस्नेत प्रमुख अतिथि रहेका थिए भने पुर्व संस्कृति तथा नागरिक उड्यन मन्त्री, सांसद झप्पट रावल, पुर्व सांसद तथा राजदुत बलबहादुर कुँवर, बरिष्ठ गायक नारायण रायमाझी, गायक चन्द्र शर्मा, गायिका सुनिता दुलाल, पिएन सापकोटा बीबी अनुरागी, गायिका टिका पुन लगायत धेरै कलाकारहरु र पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

सत्यवति कला केन्द्रका अध्यक्ष उदीराम खड्का सभापतित्व रहेको कार्यक्रमको बन तथा बातावरण मन्त्री शक्ती बस्नेतले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

अर्जुन सुनाम समधुर साँझमा कैलालीको लम्किचुहामा जन्मिएर यस सांगीतिक क्षेत्रमा धेरै योगदान पुर्याएका चर्चित गायक तथा संगीतकार अर्जुन सुनामले पुर्वदेखी पश्चिम महाकालीसम्म गुञ्जिने खालका फिल्मी, पप, झ्याउरे, कौडा लगायतका गीत गाएर दर्शकहरुको मन जित्नुका साथै तालीको बर्षात भएको थियो ।

गायक सुनामलाई गायिका टिका पुन, सुनितामी परियार, रेजिना परियार, प्रनिल तामाङ, प्रेम अर्याल र बीबी अनुरागिले गायनमा साथ दिएका थिए । सहयोगी संघ संस्था, कलाकारहरु र पत्रकारहरुलाई मायाँको चिनो, प्रमाणपत्र एवं प्रसंसा पत्रले कार्यक्रममा सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रम यज्ञराज उपाध्यले संचालन गरेका थिए भने त्यसपछिको कार्यक्रम राजकुमार रायमाझीले राम्रो संचालन गरेका थिए । शाक्ती बस्नेतले शुभकामना मन्तब्य दिँदै कलाकार भनेको देशका ऐना भएको र मानिसलाई गीत संगीतको छुट्टै महत्व भएको बताए ।

प्रतिक्रिया