भिरबाट खसेर महिलाको मृत्यु

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका ९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका ९ बाउली बस्ने पेमाग्ल्बो गुरुङकी श्रीमती वर्ष ४५ की दावासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

मृतक गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ पर्किने क्रममा जिल्ला अस्पतालको डिलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । मृतक गुरुङको शव कच्चीबाटोबाट करीब २५ मिटर तल साफेमार्तडीको पिच सडकमा बिहान ४ः४५ बजेतिर स्थानीवासीले फेला पारेको बताएको छ । मृतककको शवलाई परीक्षणका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी प्रमुख भाटले जानकारी दिएका छन् ।

प्रतिक्रिया