बजाज मास्टर मेक कार्यक्रम

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बुटवल र काठमाडौंमा क्षेत्रीयस्तरको बजाज मास्टर मेक २०१८ प्रतियोगिताको आयोजना गरेको छ । यो कार्यक्रमको मूल उद्देश्य देशभरिका बजाजका बिक्रेताहरूका प्राविधिकहरूलाई सहभागी गराउने, अगाडि बढ्न अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने रहेको थियो ।

साथै, प्रतिस्पर्धीहरूमध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउने पनि हो । साथै, विजय नहुने प्रतिस्पर्धीहरूलाई आफ्नो कमजोरी पहिल्याउन सहयोग गर्दै सुधारका लागि कार्य गर्न अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिलाई एचएच बजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय चरणमा गरी ४ चरणमा सञ्चालन गर्ने हंसराज एन्ड हुलासचन्दका तालिम विभागीय प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका क्रममा प्राथमिक चरणमा ५ सय ४१ जना प्रतियोगिहरूमध्येबाट क्षेत्रीय चरणका लागि १ सय ३० जना प्रतियोगिहरू छनोट भएका थिए ।

तीमध्ये बुटवल क्षेत्रबाट बिक्रेताहरूको तर्फबाट १८ जना प्रतिस्पर्धीहरू र आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरूका बीच क्षेत्रीय प्रतियोगिता भएको थियो जसमा बिक्रेताहरूको प्रतियोगितामा नेपालगञ्जको नेपाल ट्रेड च्यानलबाट भुवनेश्वर सिंह ठाकुरले प्रथम, सुर्खेतको असिम अटो पार्टसबाट धनबहादुर डेंगा मगरले द्वितीय र कावासोतीको चेक इन अटोबाट नरेश कुमार महतोले तृतीय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरूको प्रतियोगितामा दलदलेको बाइक केयर सेन्टरबाट भूषण कुमार कुशवाहाले प्रथम, पाल्पाको राजनशाहीले द्वितीय र सल्ली बजारका किरण अटो पार्टसबाट समसुलहक खानले तृतीय स्थान हासिल गरे ।

प्रतिक्रिया