चरिकोटमा तिर्थ यात्रीको मृत्यु

दोलखा । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिरमा लेक लागेर एक एक यात्रीकोे मृत्यु भएको छ ।

कालिञ्चोक दर्शनका लागि आएका काठमाडौंको काडाँघारीका ५८ वर्षीय कृष्णप्रसाद गौतमको मृत्यु भएको हो । गौतमको अत्यधिक चिसो र लेक लागेका कारण मृत्यु भएको हुन सक्ने दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी बासुदेव पाठकले जानकारी दिए । शुक्रबार कालिञ्चोक दर्शनका लागि आएका गौतमको कुरीमा वास बसेको स्थानमै स्वास्थ्यमा समस्या देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि शनिबार बिहान सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा ल्याइएको थियो ।
उनको सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । गौतमसहितको टोली काठमाडौंबाटै बस रिजर्भ गरेर कालिञ्चोक दर्शनका लागि आएको थियो ।

प्रतिक्रिया