बढ्दो कार्बनडाइअक्साइडले विध्वंश मच्चाउने

एजेन्सी, न्युयोर्क । संयुक्त राष्ट्र संघले वातावरणमा ग्रीन हाउस ग्यासको तहले नयाँ चरण पार गरेको जनाएको छ । बिहीबार एक चेतावनी दिँदै राष्ट्रसंघले भनेको छ, ‘त्यसका लागि केही गर्नुपर्ने समय फुत्किन लागिसकेको छ ।’ अर्को महिना कोप २४ शिखर सम्मेलन पोल्यान्डमा हुन लागिरहेको वेलामा संयुक्त राष्ट्र संघका अधिकारीहरूले विश्वका सरकारहरूलाई सन् २०१५ मा प्रतिबद्धता जनाइएको पेरिस संझौता पालना भए नभएको मूल्यांकन गर्न दबाब दिएका छन् ।

कार्बनडाइअक्साइड र अन्य ग्रीन हाउस ग्यासको कटौति नगरिए मौसम परिवर्तनले विश्वमा विध्वंशकारी असर गर्न सक्ने संयुक्त राष्ट्र संघले जनाएको छ । विश्व मौसम विज्ञान संगठन(डब्ल्यु एम ओ)का प्रमुख पिटेरी तालासले एक वक्तव्य मार्फत भनेका छन्, ‘कामका लागि अवसरको झ्याल लगभग बन्द भइसकेको छ ।’

पछिल्लो तथ्यांकमा जनाइएअनुसार पृथ्वीको वातावरणमा कार्बनडाइअक्साइडको मात्रा पहिलेको तुलनामा अहिले क्रमशः बढ्दै गएको छ । रिपोर्टका अनुसार सन् २०१५मा कार्बनडाइअक्साइडको अवस्था ४०० दशमलव १ पिपिएम रहेकोमा त्यो बढ्दै ०१६मा ४०३ दशमलव ३ र २०१७ मा ४०५ दशमलव ५ पिपिएम पुगेको छ ।

प्रतिक्रिया