निर्मला र घनश्यामको ‘सपनीमै’

काठमाडौं । निर्मला चौहान र घनश्याम जोशीको स्वर रहेको गीत ‘सपनीमै’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित गीत हाइलाइट नेपालको युट्युवमार्फत गीत रिलिज गरिएको हो ।  गायक गौतमकै शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो जनता डिजिटलले निर्माण गरेको हो । भिडियोमा शिशिर र पेसलाको अभिनय छ ।

भिडियोमा शिशिर बझाङे ठिटोको रूपमा प्रस्तुत भएका छन्, भने पेसला पुर्बेली ठिटीको रूपमा देखिएकी छन् । प्रेम, पीडा तथा रोमान्स देखाइएको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफ माला मगर र छायांकनमा दीपक गिरीलगायतको टिमको सहभागिता छ ।

प्रतिक्रिया