खाद्य संस्थानको चामलमा कालो बजारी

बाजुरा । खाद्य संस्थानको ढुवानी अनुदानको चामलमा कालो बजारी भएको छ । खाद्य संस्थानको हिमाली गाउँपालिका–४ मा रहेको कवाडी डिपो र धुलाचौर अस्थायी बिक्री केन्द्रबाट ठेकेदारले मनोमानी रूपमा मूल्य लिएको खुलासा भएको छ ।

सोनामसिनो चामल ३० केजीको डिपोबाट सर्वसाधारणलाई १५ सय ५० मा बिक्री गर्नुपर्ने भए पनि ठेकेदारले १६ सय २५ भन्दा बढीमा बिक्रि गरेको स्थानीय गोरखबहादुर सार्कीले बताए । चामलको ठेक्का नन्द महताराको रहेको छ । उनले नै बिक्री गर्न लगाएको स्थानीयले बताए ।

कवाडी डिपो र धुलाचौर अस्थायी बिक्री केन्द्र खाद्य संस्थानको भए पनि कर्मचारी नभएपछि ठेकेदारले स्थानिय निकाय, प्रहरीको रोहबोहरमा बिक्रीगर्ने व्यवस्था रहेको छ । कसैसँग समन्वय नगरी ठेकेदारले मनोमानी रूपमा बिक्री गरेको स्थानीय अजयबहादुर मल्लले बताए । आपूmले पनि ६० केजी चामल खरिद गरेको ३० केजीको १६ सय २५ मा लिएको बताए । आपूmले मात्र नभई धेरैले ३० केजीको चामलको १६ सय २५ भन्दा बढी मूल्यमा चामल खरिद गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भने चामलको मूल्य खाद्य संस्थानको दरभन्दा बढी मूूल्यमा बिक्रि भएको जानकारीमा आएको बताए । आपूmले ठेकेदारलाई कारबाहीको लागि समात्न जिल्ला प्रहरी कार्यालय बाजुरालाई निर्देशन दिएको बताए । त्यस्तै खाद्य संस्थान बाजुरा शाखालाई पनि बास्तविक के हो, जानकारी दिन निर्देशन गरेको बताए ।

खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाका अनुसार चामल १५ सय ५० मा ३० केजीमा बिक्रि गर्नुपर्ने हो, बढी मूल्यमा बिक्री गरेको सुनिन आएको ठेकेदारलाई कारबाहीका लागि सिफारिस गर्ने बताए ।

बाजुराको सदरमुकाम मार्तडीबाट निकै दुर्गममा रहेका कवाडी डिपो र धुलाचौर डिपो पुग्न चार दिन लाग्ने गरेको छ । राज्यको खासै पहुँच नपुगेको पाइन्छ । कवाडी डिपो र धुलाचौर बिक्री केन्द्रका लागि यो वर्ष चार हजार क्विन्टल स्विकृत कोटा रहेको खाद्य संस्थान बाजुराले जनाएको छ । यो क्षेत्र चरम खाद्य संकट हुने र खाद्य संस्थानको चामलको भरपर्ने गरेका छन् ।

प्रतिक्रिया