बन्दना नेपालले गरिन् १२६ घण्टा नृत्यको सुरुवात

बाबुराम सिग्देल, काठमाडौँ । काठमाडौँमा गिनिज वोर्ल्ड रेकर्डको लागी नृत्य सुरु भएको छ  । कक्षा १२ मा अध्यनरत १७ बर्षिय बन्दना नेपालले मङ्सिर ७ गतेदेखी नाच सुरु गरेकी हुन् । बत्तीसपुतली स्थित बिग फुडल्याण्ड होटेलमा आयोजित कार्यक्रमका उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुन र पर्यटन तथा संस्कृत मन्त्री रबिन्द्र अधिकारीले नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गरेर उद्घाटन गरेका छन् ।

सानैदेखि नृत्यमा रुचि राख्ने नेपाल धनकुटामा जन्मिएर हाल काठमाडौँ नारायण थानमा बसोबास गर्दै आएकी छन् । भारतको बेंगलोर गएर पनी नृत्य सिकेको टाइम किपर तथा सोही कार्यक्रमका सहसंयोजक सन्तोष लामाले बताए । आफ्नै घरमा पनी डान्स कल्चर खोलेर नृत्य सिकिरहेको लामाले बताए ।

एकसय छब्बीस घण्टा लामो समय भएको हुँदा पुर्व देखि पश्चिम माहाकालीसम्म  गाइने मौलिक लोक संस्कृती सबै खालको सोलो बिटका तथा लोप भैसकेका  गीतहरु पनी छनोट गरिएको उनले बताए । प्रत्यक घण्टा पाँच मिनेट ब्रेकको लागी समय छुट्टयाइएको र चार-चार घण्टाको शिफ्ट राखेर आराम दिइने बताए । गीतको टाइटल अनुसार जुस, फलफुलहरु लगायत झोल पदार्थ ब्रेककै समयमा खुवाउने लामाले बताए ।

प्रतिक्रिया