विश्व

‘मीटु’को विषयमा करीनाको बयान

सौर्य अनलाइन २०७५ मंसिर ७ गते १०:३७ मा प्रकाशित

एजेन्सी । कार्यक्षेत्रमा हुने यौनहिंसाका घटनाहरु बाहिरिने क्रम जारी छ । चलचित्र क्षेत्रमा अत्यधिक हुने यस्ता घटनाहरुले विश्वभरी नै व्यापक चर्चा पाइरहेको छ । महिलाहरु आफूमाथि हुने हिंसाका घटनाहरुको खुलेरै विरोध गर्न थालेका छन् । मुख्यतः बलिउडमा यस्ता घटनाहरुले धेरै नै खुल्न थालेको छ ।

यसै सन्दर्भमा अभिनेत्री करीना कपूरले फिल्म उद्योगमा महिला सुरक्षित हुन चाहान्छन् र ‘मीटु’ को घटना बाहिर आउनुले यस्ता समस्या समाधानोन्मुख भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘हामी आज यो विषयमा खुलेर चर्चा गर्न पाइरहेका छौँ । यति धेरै महिलाहरु यसरी अगाडि आएर खुल्नु र बोल्नु राम्रो सुरुवात हो । जुन विषयमा महिलाहरु वर्षौदेखि चुप थिए ।’

उनले जति पनि उत्पीडनको विषयमा अगाडि आएर बोल्ने हिम्मत गरे ती सबै महिलाहरुको प्रशंसा गर्दै हरेकले आफूलाई कार्यस्थलमा सुरक्षित महशुस गर्न सक्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘अहिले जसरी महिला अगाडि आइरहेका छन्, ती सबै महिलालाई म सम्मान गर्छु । जोसँग सत्य लागि बोल्ने साहस र हिम्मत हुन्छ त्यसले कार्यक्षेत्रमा महिलालाई सुरक्षाको अनुभुती दिन्छ ।’

करीनाले ‘इश्क १०४।८ एफएम’ को कार्यक्रम ‘ह्वाट वुमेन वान्ट’ को लन्च कार्यक्रममा उद्घोषक बनेर कार्यक्रम चलाएकी थिइन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय