ट्रम्प र प्रधानन्यायाधीशबीच भनाभन

वासिंगटन । अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्ट्सले एउटा असाधारण कदम चाल्दै राष्ट्रपति डोनल्ड ट्रम्पको सार्वजनिक रूपमा आलोचना गरेका छन् । ट्रम्पले एक संघीय न्यायाधीशले आफ्नो आदेशविपरीत फैसला गरेको झोकमा उनलाई ‘ओबामा पक्षधर’ को संज्ञा दिएपछि प्रधानन्यायाधीश रोबर्ट्सले उनको आलोचना गरेका हुन् । आप्रवासीसम्बन्धी आफ्नो नीति उल्ट्याउने गरी फैसला भएकोमा राष्ट्रपति ट्रम्पले ती न्यायाधीश ओबामा पक्षधर भएको आरोप लगाएका थिए । तर, उनको त्यस्तो आरोपको अमेरिकाको सर्वोच्च अदालतका प्रमुखले कडा प्रतिक्रिया दिए ।

राष्ट्रपति ट्रम्पको विरोधमा प्रधानन्यायाधीशले प्रतिक्रिया दिएको यो पहिलोपटक हो । उनले समाचार संस्था एपीसँग कुरा गर्दै न्यायालयमा कोही ओबामा वा ट्रम्प पक्षधर न्यायाधीश नरहेको जनाए । तर, प्रधानन्यायाधीश रोबर्ट्सले न्यायपालिकामा कोही कसैको पक्षधर न्यायाधीश नभएको भनी आलोचना गरेपछि पनि राष्ट्रपति ट्रम्पले आफ्नो टिप्पणीको बचाउ गर्दै प्रधानन्यायाधीश गलत भएको ट्विट गरेका छन् । उनले ‘ओबामा न्यायाधीशहरू’ को दृष्टिकोण देशको सुरक्षाको नेतृत्व गर्नेहरूकोभन्दा निकै फरक भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया