नेपालमा पुस्तकालय

     सुदर्शन अधिकारी

हरेक वर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । नेपालमा औपचारिक रूपमा १५ भदाै १८६९ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरिन्छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवं पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा १५ भदौ ०६५ देखि पुस्तकालय दिवसको रूपमा मनाउन सुरु गरिएको हो ।

 

यस अर्थमा नेपालमा संस्थागत रूपमा पुस्तकालय स्थापना भएको २ सय १० वर्षभन्दा लामो इतिहास पूरा भएको छ र पुस्तकालय दिवस १०औँ वर्षमा प्रवेश गरेको छ । जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो । पुस्तकालय दिवस ज्ञानको ज्योति छर्ने दिनको रूपमा लिइन्छ । यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी र शिक्षक, लेखकलगायत आमनागरिकहरूले आदरपूर्वक सम्झने दिनका रूपमा स्थापित गराउनुपर्छ । पुस्तकालय ज्ञानको भण्डार पनि हो । पुस्तकालयबाट हामी हरेक किसिमको ज्ञान पाउन सक्छौँ । त्यसैले, पनि यो दिवसको महत्व बढेको छ ।

 

पढाइ मान्छेको जीवनमा एउटा यस्तो कुरा हो जसले जीवन परिवर्तन गर्न सहयोग गर्दछ । किताबविनाको जीवन निरर्थक हुन्छ र जीवनको कुनै महत्व हुँदैन । किताबविनाको जीवनले ढुंगे युगको स्मरण गराउँछ । आज समाजमा जति पनि विकास भएको छ, चाहे त्यो सामाजिक होस्, चाहे सांस्कृतिक होस्, चाहे प्राविधिक होस्, हरेक परिवर्तनमा पुस्तकको ठूलो हात छ । हाम्रो समाजमा अझै पनि धेरै व्यक्तिहरूले पुस्तकको अनुहार पनि देखेका छैनन् । यो दिवसको लक्ष्य पनि हरेक व्यक्तिको हातमा पुस्तक हुनु र त्यसको महत्व बुझाउनु हो ।

 

नेपालमा संस्थागत रूपमा पुस्तकालय स्थापना भएको २ सय १० वर्षभन्दा लामो इतिहास पूरा भएको छ र पुस्तकालय दिवस १०औँ वर्षमा प्रवेश गरेको छ । जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।

पुस्तक संकलन गरेर राखिएको स्थानलाई नै पुस्तकालय भनिन्छ जहाँ पुस्तक पढ्ने सबै पुस्तकालयको सदस्य बन्न र जान सक्छन् । पुस्तक विद्यार्थीदेखि अनुसन्धानकर्तालगायत सबै इच्छुक अध्येतालाई आवश्यक पर्ने महŒवपूर्ण ज्ञानको सागर नै हो । विभिन्न प्रकारका पुस्तक संकलन गरी व्यवस्थित रूपले पाठकका लागि राखिएको स्थान नै पुस्तकालय हो । मानवलाई आवश्यक पर्ने फरक फरक क्षेत्रका बारेमा जान्न चाहने आमपाठकलाई ध्यानमा राख्दै पुस्तकालयमा भूगोल, राजनीतिशास्त्र, मानवशास्त्र, समाजशास्त्र धर्मशास्त्र र संस्कृति आदि विविध क्षेत्रका बारेमा लेखिएका पुस्तक संग्रह गरी व्यवस्थित ढंगले पाठक वर्गलाई सुविधा पुग्ने गरेर राखिने महत्वपूर्ण  स्थलले सबै अध्येतालाई मद्दत पु¥याएको हुन्छ ।
पुस्तक पढ्ने बानी सबैमा नहुन सक्छ ।

तर, अधिकांश विद्यार्थी र खोज अनुसधानकर्ता आदिमा भने पुस्तक नपढी आङ्खनो उद्देश्य पूर्ण गर्न असम्भव प्रायः हुने भएकोले पनि पुस्तकालयको उपयोग गरी पर्याप्त मात्रामा लाभ लिन सक्छन् । पुस्तक पढ्ने संस्कृतिको विकासले मानवमा ज्ञानगुनका अनेकाँै कुराहरूमा जानकारी प्राप्त गर्न सहज हुन्छ भने आफू अतृप्त भएर अथवा पूर्ण ज्ञान प्राप्त गर्न नसकिएका विषयमा पुस्तकालयको सहारा लिएर त्यससम्बन्धी पूर्ण ज्ञान हासिल गर्न सकिन्छ । त्यसैले, पुस्तकालयको महिमा सधैँ उच्च रहन्छ । जब हरेक टोलमा पुस्तकालयको व्यवस्था गर्न सकिन्छ तब त्यहाँका मानवमा सही ज्ञानको विकास भई आदर्श समाजको विकास गर्न सकिन्छ ।

हाम्रो सन्दर्भमा भन्ने हो भने पछिल्लो एक सय विद्यार्थी वर्गमा पुस्तक अध्ययन गर्ने संस्कृतिमा कमी आउँदै गरेको देखिन्छ जुन सकारात्मक पक्ष होइन । आÏनो कक्षामा निर्दिष्ट पाठ्यपुस्तकबाहेक अन्य सहायक र सन्दर्भ सामग्रीको रूपमा विभिन्न प्रकारका पुस्तक अध्ययन गरी थप ज्ञान आर्जनको खोजी गर्नुपर्नेमा त्यस्तो नहुँदा पठनपाठन अनि अध्ययन संस्कृतिको कमी आएको प्रस्ट हुन जान्छ । विद्यार्थीमा आङ्खनै कोर्सका पुस्तकसमेत लगनशील भएर नपढी दिँदा विद्यार्थीमा गुणस्तरीयताको प्रश्न उठ्न थालेका छन् भने शिक्षा प्रमाणपत्र धारण गर्ने मात्रै बन्दै जानु चिन्ताको सवालसमेत बन्न पुगेको छ ।

पुस्तकालयको प्रसंंगलाई उठाउने हो भने नेपालकै पुरानो मानिने राजधानीको मुटुमा नारायणहिटीको पश्चिम भागमा अवस्थित केशर पुस्तकालय नै हो । त्यस्तै, अर्को महत्वपूर्ण प्राज्ञिक थलोका रूपमा त्रिभुवन विश्व विद्यालयको केन्द्रीय पुस्तकालय रहेको छ । त्यसैगरी, डाक्टर नारायण खड्काको नेतृत्वमा स्थापना गरिएको भृकुटी मण्डपमा रहेको सार्वजनिक पुस्तकालय पनि अर्को महत्वको पुस्तकालय बन्न पुगेको पाइन्छ ।

पुस्तकालयको आङ्खनै निश्चित नियम वा आचार संहिता पनि हुन्छन् । त्यहाँ गएर पुस्तक अध्ययन गर्ने सबै पाठकले त्यहाँको नियमको पालना गरेर पुस्तक पढ्नुपर्ने हुन्छ । पुस्तकालयको सदस्य बनेर घरमा नै लगेर निश्चित समय पश्चात पुस्तकालयमै फिर्ता गर्ने चलन रहेको हुन्छ । पुस्तकालयले आङ्खनै अनुकूल नियम बनाएर त्यहाँ अध्ययनका लागि आउने पाठक वर्गलाई सकेसम्म बढी सुविधा उपलब्ध गराउने गर्दछन् । पुस्तकालयमा गई पढ्न चाहने पाठकले शान्त भएर असल पाठकको परिचय दिनुपर्ने हुन्छ । पुस्तकको हिफाजत गर्नका लागि पनि उत्तिकै जिम्मेवार बनेर प्रस्तुत हुनुपर्छ ।

पुस्तक पढ्ने बानी भएकाहरूलाई पुस्तकविनाको समय साह्रै पट्यार लाग्दो र निरस बन्छ । त्यसैले, पुस्तक पढ्नुलाई आङ्खनो रुचिको विषय बनाइएका पनि धेरै संख्यामा हुन्छन् । एक्लै बस्नुपर्दा समयको सदुपयोग गर्न सकिन्छ । त्यसैगरी, लामो यात्रामा निस्कदासमेत पुस्तक महŒवपूर्ण साथी बन्नसक्छ । पुस्तकबाट विज्ञानका रोचक जानकारी मात्र प्राप्त नभई अन्य थुप्रै विषयमा रचिएका मानवहीतका सवालमा महत्वपूर्ण सत्य तथ्यसमेत प्राप्त गर्न सकिन्छ । पुस्तकालयको उपयोग गर्ने बानी विद्यार्थी जीवनबाटै थालनी गर्नुपर्छ ।

आफूलाई रुचि लागेका विषयमा अनेकौँ पुस्तकहरू संकलन गरी खोजेअनुसारका सामग्री पाउने एक मात्र स्थल भनेकै पुस्तकालय हो । पुस्तकालय स्थापना गर्न विद्यार्थी जीवनमा नै आङ्खनो समुदायमा महत्वपूर्ण भूमिकाको निर्वाह गरेर उदाहरणीय व्यक्ति बन्न सकिन्छ । आङ्खना भाइबहिनी तथा अन्य तल्लो पुस्तामा पुस्तक अध्ययन गर्ने संस्कृतिको थालनी गर्न प्रेरक व्यक्ति बनेर अगाडि बढ्नुपर्छ । पुस्तकालयको महत्व सबैलाई सहजरूपमा बुझाउन सकिएमा पनि पढ्ने संस्कृतिको विकास भएर जाने थियो, जसका लागि पुस्तकको महत्व पुस्तकालयको औचित्य र ज्ञानबाट हुने लाभका विषयमा चर्चा हुनु जरुरी हुन्छ ।

प्रतिक्रिया