दुई क्रान्तिकारी पार्टीबीच एकता

ताप्लेजुङ । मनिष हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी र मिसेकहाङ नेतृत्वको लिम्बुवान राष्ट्रिय क्रान्तिकारीबीच पार्टी एकता भएको छ ।  प्रदेश–१ लाई किरात–लिम्बुवान प्रदेशको माग गर्दै आएका यी दुई पार्टीबीच एकता भई लिम्बुवान क्रान्तिकारी पार्टी नेपाल भएको छ ।

झापाको बिर्तामोडमा बुधबार आयोजित एक कार्यक्रमका बीच पार्टी एकताको घोषणा गरिएको पार्टी अध्यक्ष मनिष हेल्लोकले जानकारी दिए ।

एकता भेलाले २३ सदस्यिय केन्द्रिय समितिसमेत बनाएको छ । नयाँ पार्टीको इन्चार्जमा मिसेकहाङ रहेका छन् भने पार्टी अध्यक्षको जिम्मेवारी मनिष हेल्लोकलाई दिइएको छ । पार्टीको वरिष्ट उपाध्यक्षमा युवराज याख्वा, उपाध्यक्षमा मौषम याक्थुङ्वा र महासचिवमा दिनेश किराती चयन गरिएको पार्टीद्वारा निकालिएको विज्ञप्तीमा जनाइएको छ । सो पार्टीले अबका दिनमा शान्तिपूर्ण कदमद्वारा लिम्बुवान र लिम्बुवानी समाजवाद स्थापनाको निम्ती निर्णायक संर्घष गर्ने बताएको छ ।

प्रतिक्रिया