अर्थबजार

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटक बढ्दै

सौर्य अनलाइन २०७५ मंसिर ७ गते ८:२३ मा प्रकाशित

वासुदेव पौडेल, पोखरा । पदयात्रा पर्यटनका लागि विश्वमा नै विशिष्ट पहिचान बनाएको अन्नपूर्ण सेरोफेरोमा बर्सेनि पदयात्राका लागि पुग्नेको संख्या बढ्दै गएको छ । नेपालका विभिन्न पदमार्ग मध्येमा आकर्षक एवं सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्यावलोकनसहित पदयात्राका लागि यस क्षेत्रमा पर्यटकको आकर्षण बर्सेनि बढ्दै गएको हो । भूकम्प र नाकाबन्दीका कारण ०७२ र ०७३ मा पदयात्रामा आउने पर्यटकको संख्या घटे पनि पछिल्ला दुई वर्षमा भने पर्यटकको संख्या बढेको छ ।

सेप्टेम्बरको मध्यदेखि डिसेम्बरको मध्यसम्म नै अन्नपूर्ण क्षेत्रमा ठूलो संख्यामा पदयात्री पर्यटक आउने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो । सो मार्गमा आउने पर्यटकका लागि पदयात्री व्यवस्थापन सूचना प्रणाली ९टिम्स० कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरिएकामा टानले सामूहिक रूपमा आउनेको टिम्स शुल्क उठाउने गर्छ । नेपाल पर्यटन बोर्डले व्यक्तिगत रूपमा जानेको शुल्क उठाउँछ ।

व्यक्तिगतमध्ये सार्क राष्ट्रबाट जानेले रु ६०० र अन्य राष्ट्रकाले रु दुई हजार तिर्नुपर्छ । सामूहिकमा जाने सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु ३०० र अन्य राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार निर्धारण गरिएको छ । अध्यक्ष भुजेलका अनुसार टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घमार्फत सन् २०१७ को सेप्टेम्बरमा सार्क राष्ट्रबाट सामूहिक रूपमा टिम्स कार्ड लिनेको संख्या एक हजार १ सय ९१ थियो । सन् २०१८ मा उक्त संख्या बढेर १ हजार ४ सय ७८ पुगेको छ ।

सार्कबाट सन् २०१७ को अक्टोबरमा टिम्स लिनेको संख्या एक हजार ७ सय २३ पुगेकामा २०१८ मा एक हजार ९ सय ७२ पुगेको छ । टिम्स लिनेमध्ये अन्य विदेशी राष्ट्रबाट सन् २०१७ को सेप्टेम्बरमा दुई हजार ७४ भएकामा यस वर्ष दुई हजार २ सय २८ पुगेको छ भने २०१७ को अक्टोबरमा तीन हजार ६ सय ५६ पुगेकामा यस वर्ष तीन हजार ७ सय ४ पुगेको थियो ।

तथ्यांकअनुसार पनि बर्सेसन पदयात्री पर्यटकको संख्या बढ्दै गएको पाइएको अध्यक्ष भुजेलले बताए।
पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाका अनुसार सो कार्यालयबाट सन् २०१७ मा सेप्टेम्बर देखि नोभेम्बरसम्म छ हजार ७ सय ३ पर्यटकले टिम्स कार्ड लिएकामा यस वर्षको नोभेम्बर १६ सम्म ६ हजार ३३ ले टिम्स कार्ड लिइसके । अघिल्लो वर्ष सेप्टेम्बरदेखि नोभेम्बरसम्म सार्क राष्ट्रका २ सय ८७ पदयात्रीले अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि टिम्स कार्ड लिएकामा यस वर्ष नोभेम्बर १६ भित्रै ५ सय २४ ले उक्त कार्ड लिइसकेको बताइएको छ । सार्कका साथै आन्तरिक पर्यटकको पदयात्रा गर्ने क्रम वृद्धि भएको उहाँले जानकारी दिए ।

अन्नपूर्ण सेरोफेरो विश्वकै प्रसिद्ध १० टे«किङ मार्गमध्येमा पाँचौँ स्थानमा पर्दछ । सो क्षेत्रका पदमार्ग संरक्षणका साथै पछिल्ला समयमा विकास हुँदै गएका पोखरा–खयरलेक, पोखरा–हिडेनलेक, तेरिला पास, गुरुङ हेरिटेजजस्ता पदमार्गमा पनि पदयात्री पुग्न थालेका छन् । अन्नपूर्ण पदयात्रा अन्य पर्यटकीय गन्तव्यको तुलनामा सहज, उपयुक्त मौसमआदिका कारण यसप्रति पर्यटकको आकर्षण बढ्दै गएको विश्वास गरिने नेपाल पर्यटन व्यवसायी संघ ९निट० गण्डकी प्रदेशका अध्यक्ष एवं० टान पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्वअध्यक्ष सोम थापाले बताए ।

उपल्लो मुस्ताङ, अन्नपूर्ण चक्र, घान्द्रुक घोरेपानी, घलेखर्क, घम्पुस, जोमसोम, नारफूलगायतको सो क्षेत्रका दर्जनौँ ठाउँ पदयात्राका लागि उपयुक्त मानिन्छ । विशेषगरी पर्यटकीय मौसममा ठूलो संख्यामा पर्यटक पदयात्रामा जाने गर्छन् ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये ७५ प्रतिशत बढी पदयात्रामै आउने गरेको पाइन्छ । पछिल्लो समयमा जथाभावी बाटो खन्ने प्रवृत्तिले पदयात्रा पर्यटन प्रभावित बन्दै गएको बताउँदै थापाले सरकारले पदयात्रा मार्गहरूको पहिचान गरी ती क्षेत्रलाई पदयात्रा संरक्षण क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय