एनआइसी र अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले अजोड इन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ६६ वटै शाखाहरूबाट सहज रूपमाअजोड इन्स्योरेन्स लिमिटेडको निर्जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे ।

बैंकले हाल मुलुकभर २ सय ६६ शाखा कार्यालयहरू, २ सय ७३ एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया