ओप्पो एथ्रिएसको मूल्य घट्यो

काठमाडौं । सेल्फी एक्स्पर्ट एन्ड लिडर, ओप्पोले स्मार्टफोन, एथ्रिएस (थ्री जिबी) को मूल्यमा १ हजार ९ सयको कटौती गरेको छ । यसबर्षको मध्य सेप्टेम्बरमा मूल्य २६ हजार ४ सय ९० मा सार्वजनिक गरिएको उक्त फोन अब २४ हजार ५ सय ९० मा उपलब्ध हुने कम्पनीले जनाएको छ । सुपर फुलस्क्रिनसहित सार्वजनिक गरिएको एथ्रीएस, ए सिरिज अन्तर्गतकै पहिलो उपकरण हो । कम्पनीले १६ नोबेम्बरदेखि नै ए थ्रिएसका लागि नयाँ मूल्य लागू गरिसकेको छ ।

फोनमा समाहित विसेषताका कुरा गर्दा एथ्रिएस दक्षिण एसियामै १३ं२ एमपी डुअल रियर क्यामेरासहित सार्वजनिक ओप्पोको पहिलो उपकरण हो । फोनको १३ एमपी क्यामेरामाएफ / २ दशमलव २ एपर्चर तथा २ एमपी क्यामेरामा एफ÷२ दशमलव ४एपर्चर (सेन्सर एलइडी फ्ल्याससहित) र सेल्फीतथा भिडियो च्याटका लागिए आई ब्युटी प्रविधि तथा एफ २ दशमलव २ एपर्चरसहितको ८ एमपीक्षमताको फ्रन्ट क्यामेरा जडान गरिएको छ । त्यस्ते, ३ जिबी ¥याम र ३२ जीबी सञ्चय क्षमता, क्वालकम स्न्यापड्रागन ४ सय ५० ओक्टा कोर प्रोसेसर र ४ हजार २ सय ३० एमएएच ब्याट्री जडित छ ।

प्रतिक्रिया