रोज बर्ड बास्केटबल शनिबारबाट

काठमाडौं । तेस्रो संस्करणको उपत्यकाव्यापी रोज बर्ड बास्केटबल प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ । आयोजक रोज बर्ड स्कुलले बुधबार पत्रकार सम्मलेन गर्दै प्लस टू स्तरीय प्रतियोगिता शनिबार सुरु हुने जनाएको हो ।

आगामी मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १६ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहने स्कुलका प्रिन्सिपल दामोदर ढुंगानाले जानकारी गराए । पुरुषतर्फ १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

महिलातर्फ राउन्ड रोबिनको आधारमा हुनेछ । विजेताले ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । नगद पुरस्कार भने राखिएको छैन । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले पनि ट्रफी पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया