सवारी साधनको संरचनामा कडाइ

दार्चुला । दार्चुला जिल्लामा सञ्चालित जिपहरूको पछाडिका सिटहरू हटाइएका छन् । सम्भावित दुर्घटनालाई कम गर्न जिपहरूको पछाडिका सिट हटाइएका हुन् ।

जिपहरूको पछाडिका सिटहरू अवैधानिक भएको र क्षमताभन्दा बढी यात्रुहरू हाल्ने गरेकाले जिपहरूको पछाडिका सिट हटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताए ।

जिपहरूका पछाडि सीटहरू राखेर सञ्चालन गर्नु अवैधानिक भए पनि स्थानीयहरूको सुविधालाई मध्यनजर गरी प्रशासन मौन रहेका वेला क्षमताभन्दा बढी, एउटै जिपमा २०-३० जनाभन्दा बढी यात्रु हाल्ने गरेकाले यस्तो कदम चालिएको डिएसपी अधिकारीको भनाइ छ । साना सवारी साधन अर्थात जिपहरूको पछाडिका सिटहरू वैधानिक नभएको र जिप चालकहरूले क्षमताभन्दा बढी यात्रु हाल्ने गरेकाले यस्ता कार्य न्यूनीकरण गर्न प्रहरीले यस्तो कदम चालेको उनको भनाइ छ ।

यसअघि जिपहरूको छत तथा पछाडिको भर्याङ हटाएको थियो । जिप चालक तथा सञ्चालकहरूले झुन्ड्याएर छटमा यात्रुहरू हालेर ट्राफिक नियमको उल्लंघन गरेको भन्दै प्रहरीले यसअघि जिपहरूको पछाडिको भ¥याङ तथा जिपका छतहरू हटाएको हो । दसँैतिहारभन्दा पहिले नै जिपहरूमा पछाडिको भ¥याङ हटाइएको थियो भने दसैँतिहारका वेला जिपहरूको छट हटाइएको थियो ।

नियमित रूपमा सवारी साधनहरूमा ट्राफिक नियमभित्र रहेर सञ्चालन गराउन प्रहरीले अहिले जिपका पछाडिका सिटहरू हटाउन थालेको प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताए ।

‘जिप चालकहरूले निकै अटेरी गरे, ट्राफिक नियमलाई मिचेर क्षमताभन्दा बढी यात्रुहरू हाल्न थाले, त्यसैले सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न प्रशासनले यस्तो कदम चालेको हो’, डिएसपी अधिकारीले भने । ‘अर्काेतिर जिपहरूको पछाडिको सिटहरू वैधानिक पनि होइनन्, त्यसैमाथि क्षमताभन्दा बढी यात्रु हालेर सञ्चालन गरिरहेका छन्’, उनले भने ।

विगत लामो समयदेखि नै जिपहरूमा पछाडिको सिट राखेर सञ्चालन हुँदै आए पनि ती सिटहरू भने अवैधानिक भएको प्रहरी प्रमुख डिएसपी अधिकारीको भनाइ छ । स्थानीयहरूलाई मर्कामा पार्न खोजिएको नभई सम्भावित सवारी दुर्घटनालाई कम गर्न र सवारी साधनहरूलाई नियमन गर्ने प्रयास मात्रै गरिएको उनको भनाइ छ । सिट हटाएर जिप सञ्चालक तथा चालकहरू अनुशासनमा आए यसमा पुर्नविचार गर्न सकिन्छ तर पहिलेको अवस्था रहे भन्न नसकिने डिएसपी अधिकारीको चेतावनी छ ।

यसअघि जिपहरूले झन्डै १५ देखि २५ जनासम्म यात्रु बोक्ने गरेका थिए । पछाडिको सिट हटाइएसँगै ६ जना यात्रु हालेर जिप सञ्चालन गर्नुपर्ने बाध्यता जिप चालकहरूको छ । न्यूनतम १४ जना बोक्ने सवारी साधनहरू अब ६ जना यात्रु बोकेर सञ्चालन गर्न जिप चालकहरूले सञ्चालन नगर्ने संकेत गरेका छन् ।

प्रतिक्रिया