टानको कानुनी सल्लाहकारमा मैनाली

काठमाडौं । ट्रेकिङ एजेज्सिज एसोसिएसन नेपाल (टान) को कानुनी सल्लाहकारमा मा वरिष्ठ अधिबक्ता रमेशकुमार मैनाली नियुक्त भएका छन । टान कार्यसमितिको कार्तिक १६ गते बसेको बैठकको निर्णय अनुसार मंसिर ४ गते उनलाई नियुक्त गरिएको हो ।

सो अवसरमा टान सचिवालयमा मंगलबार आयोजना गरिएको बधाई कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले कानूनी क्रियाकलापको सहज संचालनको लागि कानूनी सल्लाहकारको आवश्यकता भएको परेबो बताए ।

टानले कानूनी सल्लाहकारबाट वैधानिक दिशा पाउने र कानूनी समस्याहरू समाधान गर्दै प्रभावकारी कार्यहरु गर्न मदत पुग्ने दहालले उल्लेख गरे ।

कानूनी सल्लाहकारले विभिन्न ट्रेकिङ क्षेत्रहरूमा कानूनी र प्रभावी ढंगले काम गर्न तथा स्थानीय निकायहरूबाट अवैध रूपमा प्रवेश शुल्क उठाएको हटाउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष दाहालको दावी छ ।

टानलाई कानूनी सल्लाहकारको आवश्यकता परेको टानका महासचिव आङ पेम्बा शेर्पाले बताए । टान कार्यसमितिले मैनालीलाई कानूनी सल्लाहकारको रूपमा जिम्मेवारी प्रदान गरिएकोमा उनले खुसि वयक्त गरे ।

प्रतिक्रिया