विभिन्न अवार्ड चुम्दै, नायक श्रीदेव

बाबुराम सिग्देल, काठमाडौँ । नेपालि सांगीतिक क्षेत्रमा राम्रो गीत गाउने, राम्रो अभिनय गर्ने देखी लिएर विभिन्न क्षेत्रका कलाकारले अवार्डहरु पनी पाउँदै आएका छन् । गीत संगीत क्षेत्रकै संघ संस्थाहरुले बेला-बेला अवार्ड कार्यक्रमको आयोजना गर्दै मौलिक संस्कृतिको बिकाशको संरक्षण गर्दै आएका छन् ।

उक्त अवार्डबाट कलाकारलाई अझै थप उर्जा पनी प्राप्त हुने गरेको छ ।  यस्तै अवार्ड प्राप्त गर्ने कलाकारमा नायक श्रीदेव भट्टराई पनी परेका छन् ।  उनले विभिन्न अवार्ड चुम्दै सांगीतिक क्षेत्रमा अगाडी लम्किरहेका छन्  । भट्टराईले  यही मङ्सिर ३ गते जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सगरमाथा म्युजिक अवार्ड चुम्न सफल भएका छन् । नायक भट्टराइले बेस्ट पब्लिक जुरी अवार्ड चुमेका हुन् ।

उनले म्युजिक भिडियोमा अभिनय गर्दै र नेपाली चलचित्रमा पनी नायकको भूमिकामा अभिनय गर्दै आएका छन् । हेर्दा चिटिक्क मिलेको शरीर सुन्दरतामा पनी नायक हुने खालको उनी यस क्षेत्रमा संघर्षरत छन् । बोलि चालिमा पनी साथी भाइलाई सम्मानजनक तरिकाले बोल्ने र बोलाउने श्रीदेवको बानी प्राय सबैलाई मन पर्छ ।

बच्चै हुँदादेखिको ‘हिरो’ बन्ने सपना बोकेका उनी मुम्बई गए र चलचित्रसम्बन्धी स्नातक तहसम्मको अध्ययन गरे । त्यसपछि उनले औपचारिक शिक्षालाई निरन्तरता दिएनन् । उनी भन्छन्, ‘यसको ठ्याक्कै यही कारण हो भन्न सक्दिन, औपचारिक शिक्षा अघि बढाउन नसके पनि सिक्ने क्रम भने रोकिएको छैन ।

कलाकारिताको सुरुवातमा भट्टराइले अनिल विरही र माण्डवी त्रिपाठीले गाएको ‘इलाम बजार घुमौला, माई खोला तरौंला’ बोलको गीतमा अभिनय गरे । तर हाम्रो गाउँ समाजमा अझैपनी कतिपय ठाउँमा कलाकारिता क्षेत्रमा लागेको राम्रो मान्दैनन् । फलानाको छोरा छोरी यस्तो उस्तो भनेर कुरा काट्ने चलन गाउँ समाजमा अझै हटेको छैन ।

उनको पनि गाउँलेले कुरा काटेको नायक श्रीदेवको भनाई छ । तर कुरा काटे पनि उनि न आत्तिएर कलाकारितालाई नै निरन्तरता दिँदै आए । म्युजिक भिडियोबाट कलाकारिता सुरु गरेपछी चलचित्र ‘भाइमारा’ मा खलनायकलाई सपोर्ट गर्ने पात्रको रुपमा अभिनय गर्ने मौका पाएर चलचित्रमा पनी प्रवेश गरेको भट्टराइले बताए ।

त्यसपछि क्रमसः चलचित्रमा अभिनय गर्ने उनले मौका पाए । चलचित्र ‘न्यु जेनेरेसन’ बाट उनले नायकको भूमिका निर्बाह गर्न थाले । त्यसपछि ‘सुकुलगुण्डा, बिरानो मायाँ, चाल जस्ता चलचित्रमा अभिनय गरेको नायक भट्टराईले बताए । उनी अहिले चलचित्रमा र म्युजिक भिडियो दुवै क्षेत्रमा क्रियासिल रहँदै आएका छन् ।   भट्टराइको बिदेशका कार्यक्रममा पनी जाने आउने चलिरहेको छ ।

त्यो सँग-सँगै नेपालमा हुने म्युजिक अवार्डमा पनी विभिन्न विधाबाट अवार्ड चुमिरहेका छन् । सगरमाथा म्युजिक अवार्ड हात पार्नु अघि उनले चौथो नेशनल क्यापिटल अवार्ड, मोडल सङ्स इन्टरनेसनल, सातौं म्युजिक खबर बेस्ट मोडल अवार्ड नायक श्रीदेव भट्टराइले प्राप्त गरिसकेका छन् । अबको आफ्नो सांगीतिक यात्रा म्युजिक भिडियो र चलचित्रमा निरन्तरता दिँदै जाने भट्टराइले बताएका छन् ।

प्रतिक्रिया