जापानी ओकेबाजेद्वारा पाल्पामा चार लाख सहयोग

बेझाड पाल्पा । जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका ५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट रु चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ ।

पाल्पालाई कर्मथलो बनाउँदै आएका जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सो विद्यालयमा पुस्तकालय भवनको अभाव भएपछि रु चार लाख आर्थिक सहयोग गरेका हुन् । साथै विद्यालयको भूइँबसाइ र र्याक निर्माणका लागि उनले रु ५० हजार आर्थिक रकम सहयोग गरेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष दुर्गा सोमैले बताए ।

यसैगरी ओकेबाजेले सरस्वती मावि निस्दी गाउँपालिका ५ कठैडाँडामा गरीब तथा जेहेन्दार विद्यार्थीको नाममा छात्रवृत्तिका लागि रु दुई लाख अक्षयकोष स्थापना गरिदिएका छन् । उनले विद्यालयमा स्मार्ट पार्टी खरीद गर्न रु ५० हजार रकम पनि सहयोग गर्नुभएको प्रधानाध्यापक चन्द्रकान्त गैरेले बताए ।

प्रतिक्रिया