४४औँ वन प्राविधिक दिवस

काठमाडाैं । नेपाल वन प्राविधिक संघको आयोजनामा ४४ आँै वन प्राविधिक दिवस मंगलबार वन प्राविधिक संघको सभाहलमा मनाइएको छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रि शक्ति वस्नेतले अवको केहि दिनमै संसदमा वन विधेयक पुर्याउने र वन सम्वन्धिका काम कार्वार्हि लाई सजिलो वनाउने वतावरण सिर्जना गर्ने बताएका छन् । त्यस्तै स्रोत साधनहरुको प्रयोग संगसंगै उत्पादन वढाउने काममा सवैले ध्यान दिनुपर्ने धारणा राखे ।

प्राकृतिक स्रोत साधनको समुचित प्रयोगले राज्यको ढुकुटी वढ्ने भन्दै मन्त्रि वस्नेतले रोजगारीका अवसर सृजना संगसंगै मानिसको जिवन स्तर पनि माथि उस्किने वताए ।

सो मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले प्राकृति स्रोत वनजंगलको संरक्षण भए लोपन्मुख जनावर, पशुपक्षि लगायत, जडिवुटिको उत्पादनमा समेत वृद्धि हुने वताए । एउटा मन्त्रालयको हातवाट मात्रै यो कार्य सम्भव नभएको भन्दै प्राकृति स्रोतको संरक्षणमा सवैको हातेमालो आवश्यक रहेको धारणा राखे ।

दिवसकोे अवसर पारेर विभिन्न ब्याक्तिहरुलाई नगद र सम्मान पत्रले सम्मान गरेको छ । वन विज्ञान विषयको स्नातकोत्तर तहको प्रवेश परिक्षामा सर्वात्कृष्ट अंक ल्याएका धीरजङ्ग शाहलाई जेहन्दार छात्रवृत्ति २०५८ः अलंकार ढुंगानालाई दिइएको छ ।

त्यस्तै गोविन्द नरसिंह रायमाझी स्मृति पुरुस्कारः वन विज्ञान विषयको स्नातक तहको फरेष्ट इञ्जिनियरिङ्ग विषयमा सर्वाेत्कृष्ट अंक ल्याउने विनय अधिकारी, विक्रम गौतम र सुजता क्षेष्ठ लाइ प्रदान गरिएको छ ।

त्यस्तै नेपाल वन प्राविधिक संघ स्मृति पुरुस्कारः वन विज्ञान विषयको स्नातक तहको फरेष्ट म्यानेजमेन्ट विषयमा सर्वाेत्कृष्ट अंक ल्याउने नम्रता देवी खत्री र डा. केशरमान वज्राचार्य छात्रवृत्ति पुरुस्कारः वन विज्ञान विषयको स्नातकतहको परिक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अंक ल्याएकी अनिशा रानालाइ प्रदान गरिएको छ ।

त्यसैगरी बटुकप्रसाद उपाध्याय स्मृति पुरस्कारः वन विज्ञान विषयको स्नातक तहको परीक्षामा सर्वात्कृष्ट अंक ल्याउने अनिशा राना, अविछिन्न रुपमा प्राविधिक तथा संस्थागत क्षेत्रमा सकृय भइ वन क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याएको भन्दै कपिल बहादुर चित्रकारलाइ उत्कृष्ट वन प्राविधिक पुरुस्कार २०७५ः सहित क्रमश सम्मान पत्रका साथै नगद रु १० हजारले सम्मान गरेको हो ।

प्रतिक्रिया