शिक्षक माग्दै विद्यार्थी आन्दोलनमा

साँखु । काठमाडौँको थलीस्थित कान्तिपुर क्याम्पसमा विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । वार्षिक उत्सव कार्यक्रममा आज क्याम्पसको शैक्षिक अवस्था दिनानुदिन खस्किँदै गएको, विषय अनुसारको शिक्षक नभएको तथा समयमा शिक्षक कक्षामा नआउने भन्दै ११, १२ कक्षासहित स्नातक तहका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।

विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै स्रोतसाधनका साथै विषयगत शिक्षकको माग गरेका छन् । प्रशासनमा आर्थिक पारदर्शी नभएकैले विद्यार्थीलाई चाहिने स्रोतसाधन जुटाउन नसकेको भन्दै विद्यार्थी युनियनको नेतृत्वमा क्याम्पसको प्रशासन सुर्धान र शैक्षिक गुणस्तर बढाउन माग गरेका हुन् ।

विरोध कार्यक्रममा पुगेका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुमन पाण्डेले विद्यार्थीको गुनासोको बारेमा क्याम्पसलाई ध्यानार्कषण गराउँदै जायज माग पूरा गर्न प्रशासनलाई आग्रह गरे । तत्कालै विद्यार्थीको समस्याको हल गर्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने क्याम्पस प्रमुख शैलेन्द्रप्रसाद कुईकेलले बताए ।

प्रतिक्रिया