पेस्तोलसहित दुई पक्राउ

काठमाडौँ । प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका ३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज ११ प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका ३ का २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागुऔधष ९ नाइट्रभेट ०८४० टब्यालेट र पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले उनीहरुमाथि अनुसन्धान शुरु गरिएकोे जानकारी दिए ।

प्रतिक्रिया