टिपिएल २ – लुम्विनी र मुसी विजयी

बुटवल । रूपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियम क्रिकेट लिग (टिपिएल) सिज २ अन्तर्गत सोमबार भएको खेलमा लुम्बिनी कसाई र मुसी वारिर्यस विजयी भएका छन् । तिलोत्तमा नगरपालिका–६ स्थित नवजीवन क्लबको खेल मैदानमा भएको पहिलो खेलमा लुम्बिनी कसाई ५ विकेटले विजयी भयो । टस हारेर पहिले फिल्डिङ गरेको आरसिबीले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै मात्र १ सय ४५ रन बनाउन सफलभयो । १ सय ४६ रनको विजय लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको लुम्बिनीले १८ दशमवल ४ ओभरमा मात्र ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो र लुम्निबी ५ विकेटले विजयी भयो ।

आरसिबिका लागि सोनु तामाङले ६१ तथा सुशान्त थापाले २९ रन बनाए पनि टिमका लागि जित दिलाउन सकेनन् । लुम्बिनीका कुशल मल्लले ५७ रन तथा राजु शाहनीले ३६ रन बनाउन सफल भए । आरसिबिका एमद हुसेनले टिमका लागि २ विकेट हात पार्दा लुम्बिनीका रुपेश कुर्मीले ६ विकेट हात पारे भने ६ विकेट हात पारेका कुर्मी प्रतियोगिताको म्यान अफ दी म्याच घोषित भए ।

त्यस्तै, दोस्रो खेलमा मुसी वारियर्स ४६ रनले विजयी भएको छ । टस हारेर पहिले फिल्डिङ गरेको मुसी वारियर्सले १९ दशमवल २२ ओभरमा १० विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको बुटवल डाइनामाइट्सले सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १ सय ७ रन बनायो । र मुसी वारियर्स ४६ रनले विजयी भयो । मुसी वारियर्सका दीपेन्द्र सिंह ऐरीले ३५ बलमा ७० रन बनाउँदै महत्वपूर्ण स्कोर बनाएका थिए । सरोज पौडेलले २० रन जोड्दै पेभिलियन फर्के ।

मुसीकै कुशल भूर्तेलले कसिलो बलिङ गर्दै टिमका लागि महत्वपूर्ण ४ विकेट हात पारेका थिए । यता बुटवल डाइनामाइट्सका प्रज्ज्वल थापाले ३६ रन बनाए पनि बाँकी ब्याट्समेन सस्तैमा समेट्दा पराजित भयो । बुटवल डाइनामाइट्सका अभिषेक गौतमले ३ दशमलव २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ४ विकेट तथा साहव आलमले ४ विकेट हात पारे । ७० रन बनाएका मुसी वारियर्सका दीपेन्द्रसिंह ऐरी म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताका विजेताले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, फेयर प्ले अवार्ड, इमर्जिङ प्लेयर, फास्टेस्ट ५०, फास्टेस्ट र सय लगायतका विधामा पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता मंसिर ८ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो खेलमा ज्ञानोदय गोल्ड र रोयल शंकरनगर तथा दोस्रो खेलमा मणिग्राम किङ्स र एसआरएनसिएसए टाइगर्सका बीच हुनेछ ।

प्रतिक्रिया