सामाजिक सुरक्षा वितरण नहुँदा समस्या

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा विगत चार महिना यता सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा लक्षित वर्ग समस्यामा परेका छन् । विगत चार महिना यता आफूले ले पाउँदै आएको भत्ता नपाएपछि आपूूmलाई निकै समस्या परेको बनगाड कुपिण्डे नपा–५ चिउराका ८० वर्षीय पुरणसिं नेपालीले दुःखेसो पोखे ।

बुढेसकालमा त्यही भत्ताले जीवनयापन गर्दै आएको बताउँदै उनले भने, ‘यसपटक भने भत्ता नपाउँदा दसैँतिहार मनाउनसमेत साह्रै समस्या भयो । सरकारले हामी जेष्ठ नागरिकलाई सहज होस् भनेर केही पैसा दिने गरेको थियो उनले थपे, महिनामा दुई हजारका दरले पाउँदै आएको भत्ता चार महिना हुँदासम्म पनि पाइएन गोजीमा आउने त्यही पैसा पनि नआउँदा सारै कठिनाइ परेको छ ।’

यस्तै सोही नगरपालिका–४ चिउराका शोभाराम कामीको पीडा पनि उस्तै छ । ‘बुढेसकालमा कतैबाट पनि पैसा आउने ठाउँ छैन । आपूूmले कमाउन सकिँदैन त्यही भत्ताले घरमा आवश्यक काम टार्ने गरेका थियौँ तर अहिले यति लामो समयसम्म पनि रकम नपाउँदा समस्या परेको छ’, उनले भने ।

सोही नगरपालिका–५ राउँचेका अपांग ठाकुर बुढाथोकीले पनि ६ सय रुपैयाँका दरले आपूूmले मासिक रूपमा पाउँदै आएको रकम लामो समयसम्म नपाउँदा सास्ती भोग्नुपरेको छ । आफूलाई आवश्यक पर्ने सामानहरू खरिद गर्न कठिन भएको बताउँदै उनले जाडोको समयमा तातो कपडासमेत खरिद गर्न नसकेको बताए ।

यता यस नगरपालिका भित्रका २ हजार ९ सय ७३ जनाले सामाजिक सुरक्षा पाउँदै आएकोमा यस आवमा रकम उपलब्ध गराउन नसकेको नगरपालिकाले जनाएको छ । गत आवमा ७ सय ५८ जना ८० वर्षमाथिका जेष्ठ नागरिक, ५ सय ४७ अन्य जेष्ठ नागरिक, ८ सय ४९ एकल महिला, ४५ जना पूूर्ण अपांग, ६४ जना आंशिक अपांग, ७ सय १० दलित बालबालिकालाई सामाजिक सुरक्षा रकम वितरण गरिएको नगरपालिकाका सचिव बालाराम बास्तोलाले जानकारी दिए ।

८० वर्ष माथिका जेष्ठ नागरिकलाई मासिक दुई हजारका दरले, अन्य जेष्ठ नागरिकलाई मासिक एक हजार, एकल महिलालाई मासिक एक हजार, पूर्ण अपांगलाई मासिक दुई हजार, दलित बालबालिकालाई मासिक चार हजार, आंशिक अपांगलाई ६ सय र तीन सयका दरले रकम वितरण गरिँदै आएको उनको भनाइ छ ।

यस पालिकाको नगरसभा सम्पन्न हुन नसक्दा यस्तो समस्या आएको नगरपालिका उपप्रमुख मन्जु यरीले जानकारी दिइन् । उनले भनिन्, ‘नगरसभा बस्न नसक्दा यहाँ विभिन्न कामहरू प्रभावित भएका छन् । समाजिक सुरक्षा भत्ता वितरणलगायत विकास निर्माणका अन्य काममा समेत समस्या आएकै हो ।’ नगरसभा बस्ने अझै टुंगो लागी नसकेकाले कामकारबाही नियमित ढंगले प्रवाह गर्न नसक्दा सेवाग्राही मर्कामा परेको उनले स्वीकार गरिन् ।

प्रतिक्रिया