बेसहारा गीतिकथा बिमोचन (भिडियो)

बाबुराम सिग्देल, काठमाडौँ । नेपालि गीत संगीतमा विभिन्न खालका गीत भित्रिने गरेका छन् । कतिपय गीतले देशको मौलिक संस्कृति बोकेका छन् भने कतिपय बिकृति फैलाउने खालका पनी बजारमा भित्रिने क्रम बढ्दो छ । त्यति मात्रै नभई आफ्ना परिवारसँग बसेर भिडियो हेर्न र गीत सुन्न पनी कतिपय गीतमा सर्म लाग्ने भेटिन्छ ।

देशको माटोलाई सुहाउने तथा गाउँ समाजमा घटेका घटनालाई यथार्थ रुपमा उतार्ने मौलिक गीतिकथामा आधारित गीत भने कमै मात्रामा भित्रिने गरेका छन् । हाम्रो देशमा धेरै घटना घटिरहेका छन् । गरिबी र हाम्रो मुलुकमा मानिसलाई  अनेक थरिका बाध्यता हुने गरेको छ । त्यहि गरिबीले गर्दा मानिस बिदेशिन बाध्य भएका छन् ।

त्यहि गरिबीको कारण ज्यान समेत जाने गरेको छ । यदि गरिबी हुन्थेन भने साहुसँग ऋण लिएर विदेश जान कसैलाई पर्दैन थियो । विदेश जान बाध्य भएपनि कतिपय दलाल हरुले बिचमै पैसा खाएर फसाउने र गरिबलाई धम्कि दिँदै विभिन्न यातना भोग्न बाध्य धेरै मानिस छन् । यस्तै घटना र विषयवस्तुलाई गीत मार्फत उतार्ने कलाकार बिरलै यस नेपाली सांगीतिक क्षेत्रमा भेटिन्छ ।

यस्तै अहिले हाम्रो देशमा घटिरहेका गरिबी र विदेश जान बाध्य  हुनु देखी लिएर धेरै कथा एवं यथार्थ घटना बोकेको गीती कथा ‘बेसहारा’ नाम गरेको एल्बम मङ्सिर ३ गते बिमोचन भएको छ । काठमाडौँ स्थित अनामनगरमा बिमोचन भएको हो । धेरै बर्ष अगाडीदेखी यसै सांगीतिक क्षेत्रमा क्रियासिल रहँदै आएका संगीतकार तथा अलाप रेकर्डीङ स्टुडियोक प्रबन्धक निर्देशक झलक संगीतमद्वारा आयोजित उक्त बिमोचन कार्यक्रममा, बरिष्ठ गायक नारायण रायमाझी प्रमुख अतिथि रहेका थिए भने पत्रकार तथा संगीतकार शान्तिप्रिय बिशिष्ठ अतिथि रहेका थिए ।

झलक संगीतम कै सभापतित्व रहेको सोही कार्यक्रममा विभिन्न मिडियाका पत्रकार हरुको पनी बाक्लो उपस्थिति रहेको थियो । दर्जनौं पत्रकार, सम्पूर्ण अतिथिहरु र सोही गीतका कलाकारहरुबीच गीतको भिडियो हेर्दा धेरैको आँखाबाट आँशु समेत रसाएका थिए । सोही गीत साचिकै गीत मात्रै नभएर एउटा छुट्टै खालको देशमा अहिले घटिरहेका घटनालाई भिडियोको कथामा प्रष्ट पारिएको छ ।

गरिबीका कारण बिरामी भइ उपचार गर्न नसकेर एक महिलाको मृत्यु भएको भिडियोमा देखाइएको छ । श्रीमतीको मृत्यु पश्चताप श्रीमान पनी सानो छोरा हरुलाई छोडेर साहुसँग ऋण लिएर विदेश जान लागेका हुन्छन् । तर गाउँबाट काठमाडौँ सम्म पुग्छन् । काठमाडौँ पुगेर दललाई पासपोर्ट बुझाएर काम छिटो गर्दिनको लागी उनले पटक पटक आग्रह गर्छन् । तर दलालले काम छिटै हुने आस्वासन देखाइरहेका हुन्छन्  ।

धेरै पटक जाँदै उनले आग्रह गर्दा काम नगरिदिएर उल्टै धम्कि दिँदै बाहिर निकाल्छन्  । गरिबीको कारण विदेश जान बाध्य भएपछि पनि दलालले जान नदिएपछी यस्तै कारण पिडा भोग्न बाध्य भएका श्रीमानको पनी मृत्यु हुन्छ  । बुवाआम दुवैलाई गुमाएपछि सानो छोरोहरु बेसहारा हुन पुग्छन्  । आलाप रेकर्डीङ स्टुडियोको प्रस्तुती रहेको सोही गीतमा बाल गायक सक्सेस पाण्डेको आवाज रहेको छ भने नेत्रलाल पाण्डेको शब्द संगीत रहेको छ  ।

झलक संगीतम कै एरेन्ज, निर्देशन तथा कथा परिकल्पना रहेको छ । नन्दा बस्याल, अभिनित चौलागाईं, अर्जुन बिसी, नुमाकान्त पाण्डे, कृपा पाण्डे, राज कुटाली, जय शम्भु, लिला निश्चल र राम बा. बिक को अभिनय रहेको छ । शम्भु चालिसे र मधुर बस्नेतको छायांकन, मिलन बिक र पदम सुवेदीको सम्पादन तथा बि स्टार फिल्मस् प्रालिले भिडियो दृश्य निर्माण गरेको छ । ‘बेसहारा’ गितिएल्बम गीत भएपनी सत्य घटनामा आधारित एउटा छुट्टै कथा एवं  देशको मौलिक बोकेको छ ।

यस्तो गीत कमै मात्रामा बजारमा भेटिन्छ । सोही गीतका सर्जक तथा संगीतकार नेत्रलाल पाण्डे भने गीतको बारे बोल्ने क्रममा डाकै छोडेर रुन पुगे । ‘आँखा भरी आँशु लिंदै छोरा छोरी भएर जन्मिएपछि आमाबुवा प्रतिको मायाँ कति सम्म हुनु पर्छ भन्ने कुरा यहि गीतबाट बुझ्न सकिन्छ, मोरेपछी हामीले पिंडको डल्ला जति चढाए पनी उनीहरुले केहि पाउँदैनन् , जति सेवा गर्नु छ जिउदो हुँदानै सेवा गर्न पर्छ, मैले आफ्नै यथार्थ घटनालाई सम्झेर यो गीत लेखेको हुँ, हुन त पहिला मैले सोंचेको थिएँ मायाँ पिरतीको बनाउँ कि भनेर तर पछि सोंचे हैन  यस्तो गीतलाई बुवाआम प्रति छोराछोरीको मायाँलाई बुझाउन पर्छ भनेर यो नामबाट गीत बनाएँ, मपनि विदेश गएर पाँच बर्ष दु:ख भोगेकै हो कसरि बाध्य हुन पुग्छौं हामी नेपाली त्यसैलाई चित्रण गरेको ‘ उनले भने ।

कार्यक्रममा प्रमुख अतिथि नारायण रायमाझी र बिशिष्ठ अतिथि शान्तिप्रियले ले शुभकामना मन्तब्य दिँदै यस गीतले गरिब दुखीको घाउमा मलम लगाउनुका साथै गीतको शब्द तथा उत्कृष्ट कथा परिकल्पना रहेको बाताउँदै सोही गीतका सम्पूर्ण टोलि कलाकार हरुलाई सफलताको शुभकामना दिए । बिमोचन कार्यक्रम म्युजिक खबरका प्रबन्धक निर्देशक सुमन बैरागीले संचालन गरेका थिए । गीतको भिडियो छायांकन गुल्मीको रमणीय र कलि गण्डकीको सेरोफेरो मिर्मीमा भएको परिकल्पना तथा निर्देशक झलक संगीतमले बताए ।

बेसहारा गितिएल्बम भिडियो हेर्न तल क्लिक गर्नुहोला

प्रतिक्रिया