बद्रीले लोकदोहोरी चलाउने

काठमाडौं । लोक गायक बद्री पंगेनीले नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटिभी प्लसबाट लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएका छन् । यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार साँझ ७:३० बजे उक्त कार्यक्रम आउँदै छ ।

नेपाली जनमानसमा लोकप्रिय बन्दै गएका लोकभाका र लोक संस्कृतिलाई संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले एनटिभी प्लसले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टले बताए ।

कार्यक्रममा मुलुकभर छरिएर रहेका लोकदोहोरी गायक÷गायिकाको सहभागिता रहने जनाइएको छ । उक्त कार्यक्रमको छायांकन स्थलका लागि एनटिभी प्लस र सांस्कृतिक संस्थान ९राष्ट्रिय नाचघर० बीच शुक्रबार सम्झौतासमेत भएको छ । कार्यक्रममा एनटिभी प्लसका प्रमुख मनोहरि थापाले करिब २५ वर्षअघि नेपाल टेलिभिजनले लोकदोहोरी कार्यक्रम सुरु गरेको जनाए ।

प्रतिक्रिया