तपाईको यो साता: साप्ताहिक राशिफल

२०७४ मंसिर १–७ गतेसम्म

मेष राशिः मेष राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोध रहनुका साथै खर्चमा वृद्धि हुनेछ । मंगलबारबाट भने शुभ रहने देखिन्छ । मनमा उत्साह बढ्नुका साथै नयाँ जोश जाँगर बढ्नेछ । आर्थिक क्षेत्र सफल छ । अध्ययनमा रुचि जाग्नेछ । व्यापार व्यवसायमा अपेक्षाकृत सफलता हात पर्ने देखिन्छ ।

वृष राशिः वृष राशिका लागि यो साता विशेष फलदायी रहनेछ । आर्थिक वृद्धि हुनुका साथै कार्य क्षेत्रमा पनि सफलता मिल्नेछ । शत्रु निर्बल छन् । मंगलबार र बुधबार खर्चमा वृद्धि हुने देखिन्छ । विद्याको क्षेत्र बलवान छ । पराक्रम बढ्नुका साथै व्यवसायबाट विशेष लाभ हुनेछ । सन्तान सुख मिल्नुका साथै पारिवारिक उन्नति देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो साता लाभदायी रहनेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । यात्राका योग पनि रहेका छन् । आर्थिक क्षेत्र सबल रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहने छ । साताको अन्त्यमा स्वास्थ्यमा केही समस्या देखा पर्न सक्ने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि यो साता उत्तम फलदायी रहनेछ । सोचेका काम बन्नुका साथै नयाँ कार्यका अवसर पनि मिल्नेछन् । व्यापार व्यवसाय बढ्नुका साथै अध्ययनमा पनि रुचि जाग्नेछ । रोगको क्षेत्र भने बलवान देखिन्छ । स्वास्थ्यको विशेष ख्याल राख्नु राम्रो हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । प्रेम जीवन सफल रहनेछ ।

सिंह राशिः सिंहराशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । आर्थिक वृद्धि हुनेछ । नयाँ काम पाउने योग देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा प्रगति हुनेछ । व्यापारमा वृद्धि हुनेछ । धन बढ्नुका साथै पारिवारिक सुख प्राप्त हुने देखिन्छ ।

कन्या राशिः कन्या राशिका निम्ति यो साता लाभदायी रहनेछ । आर्थिक वृद्धि हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । काम बन्नेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । सामाजिक क्षेत्रमा रुचि जाग्नेछ । मान प्रतिष्ठा बढ्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । मंगल र बुधबार खर्च बढ्नुका साथै कार्यमा अवरोध रहने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि यो साता विशेष फलदायी रहनेछ । कार्यमा प्रगति हुँदै जानेछ । धन बढ्नुका साथै रोजगारीका अवसर पनि मिल्नेछन् । व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभ हुनेछ । अध्ययनमा रुचि जाग्नेछ । लक्ष्मी वृद्धिको योग देखिन्छ । साताको अन्त्यमा भने कार्यमा बाधा व्यवधान आइपर्न सक्ने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो साता फलदायी रहनेछ । सोचेका काम पूरा हुनेछन् । मान बढ्नुका साथै सामाजिक क्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । कार्य प्राप्तिको योग छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । मित्र सहयोग मिल्नुका साथै पराक्रम बढ्ने देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । पार्विारिक सुख प्राप्त हुनेछ । मंगल र बुधबार भने खर्चमा वृद्धि हुनेछ ।

धनु राशिः धनु राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । साने पश्चात्को समय शुभ फलदायी रहनेछ । आम्दानीका स्रोत बढ्नेछन् । पराक्रम बढ्नुका साथै सामाजिक क्षेत्रबाट विशेष लाभ देखिन्छ । अध्ययनमा सफलता हात पर्ने छ । अन्य क्षेत्र मध्यम रहने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि यो साताको सुरुमा केही खर्च बढ्ने देखिन्छ । कार्यमा बाधा उत्पन्न हुनेछ । साताको मध्य भाग विशेष फलदायी रहने देखिन्छ । शत्रु पराजित हुनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्ने छ । धनको क्षेत्र सबल रहनेछ । व्यवसायमा सफलता मिल्नेछ । स्वास्थ्यको क्षेत्र निर्बल रहने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका निम्ति यो साताको पूर्वाद्र्ध विशेष फलदायी रहनेछ । अध्ययनमा मन जानेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य प्राप्तिको योग देखिन्छ । व्यवसायको क्षेत्र फलदायी रहनेछ । पराक्रम बढ्नुका साथै शत्रु क्षय हुनेछन् । विहीबारबाट स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि साता अर्थदायी रहनेछ । कला मनोरञ्जनमा विशेष रुचि जाग्नेछ । आय आर्जनका स्रोत बढ्नेछन् । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । शत्रु पराजित हुनेछन् । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ । प्रेम जीवन सुखमय रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् ।

प्रतिक्रिया