लानम जर्मनतर्फ

काठमाडौं । अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनारमा सहभागी हुन नेपाल मार्सल आर्टस् हापकिडो संघका प्रमुख प्रशिक्षक लानम लामा जर्मनतर्फ प्रस्थान गरेका छन् ।

लानमले जर्मनको आन्सबर्गमा आगामी १७ नोभेम्बरमा हुने एकदिने सेल्फ डिफेन्समा प्रशिक्षण लिनेछन् ।

पाँच डान प्राप्त लानम हापकिडोका अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन् । अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स फेडेरेसनको आयोजनामा हुने सेमिनारमा लानमले सेल्फ डिफेन्सको विभिन्न विधामा प्रशिक्षण लिनेछन् ।

सेमिनारमा आयोजक राष्ट्र जर्मन र नेपाललगायत करिब २० राष्ट्रको सहभागिता रहनेछ ।

प्रतिक्रिया