पञ्चेश्वर गाउँपालिका औद्योगिक क्षेत्र घोषणा

बैतडी । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बैतडी र डोटीमा ओद्योगिक क्षेत्र घोषणा गरेको छ । त्यसमा बैतडीको पञ्चेश्वर गाउँपालिका पनि परेको छ । पञ्चेश्वर गाउँपालिकाको जनता भेटघाट कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले सो कुराको जानकारी गराएकी हुन् ।

जिल्लाको विकट गाउँपालिका पञ्चेश्वरमा कच्चा पदार्थ प्रसस्त भए पनि स्रोत साधनको अभाव र राज्यको ध्यान नपुग्नाले अहिलेसम्म कुनै पनि कच्चा पदार्थको प्रयोग हुन सकेको छैन । बल्ल अहिले देश संघीयतामा गई सकेपछि प्रदेश सरकारको ध्यान गएको यो औद्योगिक क्षेत्र घोषणाले बताउँछ ।

यहाँ प्रशस्त मात्रमा सल्लो, चिउरी, रिठा, क्यातुके पाइन्छ । अहिले सडक सञ्जालले पनि गाउँपालिकाका ६ वडा मध्ये चार वडालाई छोइसकेको छ । सडक विस्तारले केही सल्लाका वन मासिएको छ । यसलाई संक्षण गर्नु पनि स्थानीय सरकार र मन्त्रालयको ध्यान जानु जरुरी रहेको छ ।

पञ्चेश्वर गाउँपालिकामा उत्पादन हुने भटमास, चिउरी, रिठा, अम्बा, कागती, सुन्तोलाबाट विभिन्न प्ररकारका उत्पादन गर्न सकिने भएकाले अहिले गाउँपालिकालाई औद्योगिक ग्राम घोषणा गरिएको बताइएको छ । यसैगरी यहाँ तरकारी खेती, माहुरीपालन, बाख्रापालन व्यवसायका लागि पनि उत्तम क्षेत्र रहेको हुँदा यस गाउँपालिकालाई औद्योगिक क्षेत्र घोषणा गरिएको हो ।

पञ्चेश्वर गाउँपालिकामा विभिन्न खोलाहरूबाट स्थानीय हाइड्रोपावरको निर्माण गरी बिजुली उत्पादनसमेत गर्न सकिने सम्भावना रहेको छ । पञ्चेश्वर बहुउद्देश्य आयोजना पनि यसै गाउँपालिका भित्र पर्दछ ।

मन्त्री भट्टले आपूूm कहिले संगठन सुदृढ गर्न, कहिले जनतालाई सकरात्मक सोचको विकास गर्न त कहिले भोट माग्न आएको र आजजनताको मतको कदर गर्दै यहाँका जनताको पिर मर्का बुभ्mन र यहाँको समस्या बुझेर समस्याको समाधान गर्नका लागि पहल गर्न जनताको घरदैलोमा आएको बताए ।

जनताको भावनाअनुसार काम गर्न र घोषणापत्रमा उल्लेख गरे बाहेकका जनताको हित हुने विकास निर्माणका कार्य गर्न हुन पनि जनप्रतिनिधि हरूलाई मन्त्री भट्टले निर्देशन दिएका छन् ।

प्रतिक्रिया