शिक्षक दरबन्दी अपुग

दोलखा । नेपाल सरकारले समयअनुसार शिक्षक दरबन्दी सिर्जना नगर्दा दोलखामा शिक्षकको संख्या अपुग भएको जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई दोलखाका अनुसार जिल्लामा रहेका आधारभूूततह अर्थात कक्षा ६ देखि ८ सम्म र मावि तह कक्षा ९ र १० मा शिक्षक पर्याप्त मात्रामा छैनन् ।

दोलखामा कुल १ हजार ८ सय ५४ जना शिक्षक कार्यरत छन् । जसअनुसार प्राथमिक तहमा १ हजार २ सय २९, आधारभूूत तहमा २ सय ९८ र माध्यमिक तहमा ३ सय २७ शिक्षक कार्यरत छन् ।

प्राथमिक तहमा शिक्षक पर्याप्त भए पनि आधारभूत तह र माध्यमिक तहमा भने शिक्षक पर्याप्त नभएको शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख श्रेष्ठले बताए । सरकारले तह, विषयगत शिक्षक र विद्यार्थी संख्याअनुसार समयसमयमा आवश्यकताअनुसार दरबन्दी सिर्जना नगर्दा शिक्षकको संख्या अपुग भएको हो ।

करिब २३ वर्षअघि सरकारले सिर्जना गरेको दरबन्दीअनुसार नै अहिले शिक्षक पदपूर्ति भइरहेको छ । जसका कारण हाल एक जना शिक्षकले एकभन्दा बढी विषय अध्यापन गराउनुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया