रमेश र रिनाको जोडी ‘चौतारीमा बर’ (भिडियो)

बाबुराम सिग्देल, काठमाडौँ । रहर मानिसलाई एउटा चिजले मात्रै नभएर धेरै चिजमा रमाउन मन लाग्छ । मनोरंजन भित्र गीत, संगीत, चलचित्र लगायत विभिन्न क्षेत्र पर्दछन् । जस्तै म्युजिक भिडियोमा अभिनय गर्नु पनी मानिसको एउटा रहर हो । कलाकारहरु बिशेष, मनोरंजन भित्र पर्दछन् ।

उनीहरुले नै गीत गाउने र त्यही गीतमा अभिनय गरेर देशमा चिनिन चाहेका हुन्छन् । कोही कलाकार थोरै काम र राम्रो गरेर छिट्टै चर्चामा गएका हुन्छन भने कोही धेरै काम गरेपनी चर्चा पाउन सकेका हुदैनन् । चर्चामा जानुसँगै आर्थिक आम्दानी पनी हुन्छ । तर कतिपय रहरै रहरले मात्रै पनी यो क्षेत्रमा अगाडी बढेको भेटिन्छ ।

पछिल्लो समयमा आएर यौटै कलाकारले आफै गीत सृजना गर्ने आफै गाउने र आफैले अभिनय गरेको पाइन्छ । यस्तै गायन र अभिनय अनी चलचित्रमा समेत नायकको भूमिका निभाउँदै आएका एकजना कलाकारको बारेमा बुझ्दा अचम्मै लाग्छ । उनी हुन् रमेश बाबु थापा । रहरै रहरले यस कलाकारितामा लागेको उनी बताउँछन् ।

‘उनि भन्छन्’ ‘मलाई सानैदेखी कलाकारिता मन पर्ने गर्थ्यो, मपनी कसरी होला यो क्षेत्रमा लाग्ने भनेर मनमा धेरै कुरा खेल्ने गर्थ्यो । तर आँटेपछी एकदिन अवस्य त्यो ठाउँमा पुगिन्छ भन्ने सोंचेको थिएँ । पहिलाको सपना अहिले आफ्नो पेसा नै यही कलाकारिता रहन पुग्यो,‘उनले भने ।

करिब ६ वटा लोकदोहोरी गीतमा आफ्नो आवाज दिँदै र अभिनय पनी आफैले गर्दै आएका थापाले अहिले भरखर पनी ‘चौतारीमा बर’ नाम गरेको गीतमा आफ्नै आवाजमा गाउनुको साथै आफैले अभिनय गरेका छन् । हेमा राना मगरले उनलाई गायिकाको रुपमा साथ दिएकी छन् ।

पछिल्लो समयमा चलेकी मोडल रिना थापा मगरसँग सोही गीतको भिडियोमा रमेश ले अभिनय गरेका छन् । भिडियोमा दुवैजनाले धमाकेदार डान्स प्रस्तुत गरेका छन् । कार्तिक २९ गते युटुब मार्फत सार्वजनिक भएको उक्त गीतलाई धेरै दर्शक श्रोताले मन पराइरहेका छन् ।

सुरुबाटै नायक र मोडलिङ गर्दै आएका थापाले रहर मात्रै नभएर आफैले अभिनय गर्न सक्ने भएको कारण यस गीतमा पनी अभिनय गरेको बताए ।‘उनि भन्छन्, ‘यो गीतको शिर्षक राख्ने बेला म केही दोधारमा परें तर सोंच्दै जाँदा ‘चौतारीमा बर’ राख्दा ठिक होला भनेर नै राखेको हो, ‘उनी बताउँछन् ।

मोडल रिना थापा र रमेश बाबु थापालाई उक्त भिडियोमा राम्रो जोडीको रुपमा सुहाएको छ । सोही गीतको शब्द पनी उनै थापाले सृजना गरेका हुन् भने सुजन लम्सालले संगीत गरेका छन् । गीतमा राम्रो र मौलिक शब्द तथा नेपाली संस्कृतीलाई सुहाउने भेषभूषामा उतारिएको गायक थापाले बताए ।‘यो गीत अरु गीत भन्दा फरक छ, ‘अहिलेको परिवेशले मागेको मौलिक शब्द र भेषभुषामा भिडियो तयार भएको छ, ‘उनले भने ।

एक किसिमको मायाँ प्रेममा हुने यथार्थ कथाका विषयवस्तुमा आधारित र पारिवारिक सँगैबसेर हेर्ने खालको यस गीतलाई दर्शक श्रोताले मायाँ गर्छन् भन्ने लागेको थापाको भनाई छ । उनले तीनवटा चलचित्र म्यार्मिन, सालिभेना रमिझारमा नायकको भूमिका निभाईसकेका छन् ।

स्याङ्गजा चिसापानी घर भएका नायक तथा गायक थापा २०६९ साल चैत २८ गते यही कलाकारिताकै लागी रहरले काठमाडौँ होमिएको बताए । गाउँमा बसेर भन्दा ठुलै शहरमा गएपछी सजिलो होला भनेर यहाँ आएँ, तर मैले सोंचेको भन्दा पनी फरक राम्रो यस कलाकारिताबाट भएको महसुस गरेको छु, ‘उनले भने । २०७० सालबाट औपचारिक रुपमा एल्बम निकाल्ने र आफैले सँग सँगै अभिनय गर्न थालेको उनले बताए ।

यस पश्चाताप पनी यही क्षेत्रमा निरन्तर अगाडी बढेर आफुलाई देशमा राम्रो कलाकारको रुपमा स्थापित गराउने चाहना भएको उनको भनाई छ । यस क्षेत्रमा यौटै कलाकारले सबै काम समेट्दा नयाँ आउने कलाकारले स्थान पाउन गाह्रो हुँदै गएको छ ।

‘चौतारीमा बर’ गीत सुन्न र भिडियो हेर्न तल क्लिक गर्नुहोला

 

प्रतिक्रिया