माछामासु ब्यापारमा बुद्धि

तिवारी यादव, वीरगञ्ज । हिन्दुहरुको महान पर्व छठ पुजा सकिए लगतै पर्सामा मासु ब्यापारमा बृद्धि भएको छ । पर्साको मासु पसलहरुमा छठ सकेको भोलि पल्टदेखी नै ग्राहकहरुको भीडभाड हुन थालेको छ । वीरगञ्जको माईस्थान, बिर्ता, बसपार्क, मुर्ली, श्रीपुर, पावरहाउस, छपकैया लगायतका स्थानमा रहेको मासु पसलहरुमा मासु खरिद गर्ने ग्राहकको घुईचो लाग्न थालेको छ ।

चाडबाडको बेला बिक्रि नभए पनि अहिले विक्रिवितरण बढेको ब्यापारीहरुले बताएका छन् । चाडबाडको बेलामा माछामासु ब्यवसाय पनि प्रभावित थियो । दसैंंमा पसल पुगेर माछामासु किन्ने ग्राहकको पुग्ने गरेका बिक्रि हुदा पनि दिपावली र छठपर्वको बेला ब्यापार घटेको माछामासु ब्यवसायी संघले जनाएको छ । वीरगञ्जको बजारमा अहिले खसिको मासुको मुल्य प्रति केजि ८ सय रहेको छ भने कुखुराको मासुुको मुल्य प्रति केजि २ सय ६० रुपैया रहेको छ ।

वीरगञ्जको बसपार्कमा मासु बिक्रि गर्दे आएका ब्यापारी ओजिर आलमले चाडबाडको मासु पसलमा ग्राहकको भिड खासै देखिएको थिएन तर छठ पर्व सकिने बितिकै फेरी आएर ब्यापार हुन थालेको छ । उनले भने, ’चाडबाडको बेला अधिकाँस माछामासुको ब्यापारमै असर पर्ने गर्छ । हिन्दुहरुको महान पर्व रहेका कारण मुस्लिमहरुले मात्र खरिद गर्ने ब्यापारी रहेको कारण त्यति ब्यापार नहुने बताए ।

वीरगञ्ज बसपार्क मासु बिक्रि गर्दे गरेका ब्यापारी मासुम अलिले हिन्दुहरुले वीरगञ्जमा बढि बसोबास गर्ने गरेका कारण हिन्दुहरुको चाडपर्वको बेला माछामासुको ब्यापारमा कमि हुने गरेको छ । उनले भने, ’ हिन्दुहरुको घरमा एक जना पर्व गरेका छन । तर घरका सम्पुर्ण सदस्यलाई छोडनुपर्ने हुन्छ । तर चाडपर्व सकिने बितिकै अहिले आएर सँधैको १ क्वीन्टल खसको मासु बेच्ने गरेको बताए । त्युकारण अधिकांश माछामासुको ब्यापारमा कमि हुने बताए ।

तर चाडबाडको बेला प्रत्येक बर्ष मासुको ब्यापारमा असर पर्ने गरेको माछामासु ब्यासायिक संघको तथ्यांकले दखाएको छ । माछामासु ब्यावासायिक सँघ पर्साका अनुसार १० बर्ष भन्दा पहिले चाडपर्व सकिने बेला बिक्रि हुन्थ्यो त्यस अनुसार अहिले नभएको पर्सा माछामासु ब्यसायिक संघका सचिव ग्यासुमियाँ देवानको भनाई छ । उनले भने, माछामासुको ब्यापार अहिले पनि आफुहरुले चाहेको अनुसार नभएको भन्दै भने अहिले पनि हिन्दुहरुको एउटा कार्तिक नुहाउने पर्व बाँकि रहेका कारण त्यतिमात्रमा ब्यापार नभएको बताए ।

 

प्रतिक्रिया