उदाउँदो सूर्यको पूजासँगै छठ पर्व सम्पन्न (फाेटाे फिचर)

काठमाडौं । छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा सम्पन्न गरिएको छ ।

तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व पछिल्लो समय नेपालका विभिन्न भागमा समेत मनाउन थालिइएको छ ।

छठ पर्वमा नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । बिहान सूर्यलाई अर्घ दिएपछि ३६ घण्टादेखि निराहार र निर्जल रहेका व्रतालुहरुको व्रत सम्पन्न भएको छ ।

सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास रहेको छ ।

काठमाडौं उपत्यकासहित देशभरका नदी, तलाउ, पोखरी र खोला किनारमा श्रद्धालुहरुको घुइँचो छ । छठको पूजा गर्नका लागि काठमाडौं उपत्यकाका कमलपोखरी, गहना पोखरी, गुहेश्वरी, वागमती, विष्णुमतीसहित देशभरका छठघाटलाई झकिझकाउ पारिएको थियो ।

प्रतिक्रिया