बलात्कार आरोपी पक्राउ

ताप्लेजुङ । तीन वर्षअघि १२ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।

०७२ साल २६ साउनमा फुङलिङ नगरपालिका–१० फुरुम्बूकी १२ वर्षीय बालिकालाई जवरजस्ती करणी गरी फरार रहेका २२ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका ती युवालाई जिल्लाकै फक्ताङलुङ गाउँपालिका–६ लेलेप (घुन्सा) मा लुकुछिपी बसेको अवस्थामा २१ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो ।

शेर्पालाई जिल्ला अदालतमा पेस गर्दा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

प्रतिक्रिया