कंगना फिल्म ‘पंगा’को सुटिङमा

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतले निर्देशक अश्विनी अय्यर तिवारीले निर्देशन गर्ने फिल्म ‘‘पंगा’ को सुटिङ सुरु गरेकी छन ।

भारतको मध्य प्रदेशको राजधानी भोपालबाट यस फिल्मको सेट लगाइएको बताइएको छ । यहाँ करिब २० दिनसम्म फिल्मको सुटिङ हुनेछ ।

निर्देशक तिवारीले यस फिल्मको क्ल्यापबोर्ड सामाजिक सञ्जालमा शेयर गर्दै लेखेका छन् ‘सीधा बाटोमा सपना र पंगा’ ।

यो फिल्म एक कबड्डी खेलाडीको जिवनमा आधारित रहेको छ । जसमा कंगना एक कबड्डी खेलाडीको भूमिकामा देखिँदैछिन् ।

फिल्ममा एक सिगंल युवतीदेखि लिएर विवाहित महिलासम्म कंगनाको भूमिका रहनेछ । उनले यस फिल्मका लागि करिब १५ दिनको प्रशिक्षण समेत लिएकी छिन् ।

यस फिल्ममा कंगनासँगै नीना गुप्ता, ऋचा चड्डा र जस्सी गिल पनि मुख्य भूमिका रहनेछन् ।

प्रतिक्रिया