‘प्रेमलीला’ गीतमा दिपशिखा र अलीको रोमान्स

काठमाडौं । नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको प्रमुख भूमिका रहेको फिल्म ‘प्रेमलीला’ को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा वाचन गर्ने फिल्मको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा दिपशिखा र अली फिचर्ड छन् । डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको उक्त गीत राजा हसन र सौमी शैलेशले गाएका हुन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्ममा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको छ । दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरू अर्चना शुक्ला, ट्वींकल श्रीवास्तव लगायतका कलाकारहरूको फिल्ममा अभिनय छ ।

नायिका खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको छ । सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म माघ २५ बाट देशभर रिलिज हुँदैछ ।

प्रतिक्रिया