खेलाडीलाई सम्मान

काठमाडौं । बज्रबाराही मुँवा थाई क्लब र टिकाभैरव बुदोकैदो शाखाले संयुक्त रूपमा खेलाडीहरूलाई सम्मान गरेको छ । तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा आयोजना गरिएको कार्यक्रममा खेलाडी विजय सिंह, कविराज माली र दीपेश सापकोटा सम्मानित भएका हुन् ।

अघिल्लो महिना थाइल्यान्डमा भएको दोस्रो थाइल्यान्ड गभरमेन्ट अथोरिटी क्योकुसिन प्रतियोगितामा खुला तौल समूहमा विजय सिंह प्रथम भएका थिए । कविराज माली तेस्रो तथा ३५ केजी तौल समूहमा दीपेश सापकोटाले रजत पदक जितेका थिए ।

विजयले यसअघि इन्डोनेसियामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण क्योकुसिन प्रतियोगितामा खुला तौलमा बेस्ट फाइटरको उपाधिसमेत जितेका थिए । तिनै खेलाडीलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्मान गरेका थिए ।

प्रतिक्रिया